Logo

राजपा नेपालको जारी केन्द्रिय कमिटिको बैठकमा चुनावमा जान नेताहरुको दबाब



काठमाडौं, २४ साउन । राष्ट्रिय जनता पार्टी नेपालको जारी केन्द्रीय कमिटीमा बोल्ने अधिकांश नेताहरुले संशोधन प्रस्ताव पारित नभएसम्म चुनावमा जान नहुने धारणा राखेका छन् ।

जारी बैठकमा ग्रुप समूहका लिडरहरुले बोल्ने काम जारी छ । अधिकांश नेताहरुले चुनावमा जानको लागि नै दबाब दिएका छन् । बोल्ने नेताहरुले संविधान संशोधन नभइकन निर्वाचनमा जान नहुने धारणा राखेको राजपाका महासचिव केशव झाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

यद्धपी संविधान संशोधनका लागि सरकारले नै पहल नगरेको भन्दै नेताहरुले यथास्थितिमा निर्वाचनमा जान नहुने बताएको पनि स्रोतले जनाएको छ । केन्द्रीय कमिटीको बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ३० वटा समूह बनाइएको थियो। अहिलेसम्म १३ वटा समूहका टोली नेताहरुले समूहको धारणा राखेका छन्।



प्रतिक्रिया दिनुहोस्