Logo

कालीकोटमा जैतुन खेतिको सुरुवात



कालीकोट, २७ साउन । जिल्लामा पहिलो पटक सुख्खा डाँडामा जैतुनखेती गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा सुख्खा क्षेत्र मानिएको पलांता गाउँपालिकामा दुई हजार जैतुनको बिरुवा रोपेको सो गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताउनुभयो ।

यस्तै पचालझरना गाउँपालिकामा समेत बिरुवा रोपेको उक्त गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो । जैतुनको महत्व बुझेर व्यावसायिक रुपमा खेती शुरु गरिएको उहाँको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालका वरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहका अनुसार यस वर्ष दुई हजार जैतुनका बिरुवा वितरण गरिएको छ ।

आव २०७३-७४ मा स्याउको बिरुवा ५० हजार, सुन्तला र कागती ३५ हजार, आँप दुई हजार, अनार एक हजार पाँच सय, अम्बा दुई सय, केरा चार हजार र अलँैचीको चार हजार बिरुवा वितरण गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्