Logo

थारु युवा जागरण संस्थाले गर्‍यो विभिन्न व्यक्तित्वलाई सम्मान



काठमाडौँ, ५ चैत । थारु युवा जागरण संस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शनिबार संस्थाको चौथो वनभोज तथा परिचयात्मक कार्यक्रमको अवसरमा भक्तपुरको निलबाराही मन्दिरस्थित पिकिनिक स्थलमा उनीहरुलाई सम्मान गरिएको हो ।

माननीय सांसद तेजुलाल चौधरीको प्रमुख अतिथ्यता रहेको उक्त कार्यक्रममा विशेष अतिथिहरु चम्पन्न सांस्कृतिक समुहका अध्यक्ष नन्दुराज चौधरी, राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष विनय वैद्य लगायतले सम्मानित हुने व्यक्तित्वहरुलाई समान पत्र प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमा लोकसेवाबाट सरकारी सेवामा प्रवेश गरेका कैलालीस्थित जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरी, रेडियो नेपालका वरिष्ठ प्राविधिक आरसी चौधरी, हालै शाखा अधिकृतमा नाम निकाल्न सफल भएकी किरण चौधरी, नेपाल वायुसेवा निगमका वरिष्ठ प्राविधिक एभियोनिक्स सुरेश चौधरी, प्रहरी नायव निरिक्षक प्रकाश चौधरी र वायुसेवा निगमकै वरिष्ठ प्राविधिक पुरुषोत्तम महतो रहेका छन् ।

त्यस्तै कलाकारितातर्फ गीतकार तथा संगीतकार विनय वैद्य, गायक तथा संगीतकार विजय चौधरी, नरेश जोगी, गायिका प्रतिमा चौधरी, र मोडल सुमिता चौधरी रहेका छन् भने मिडियाकर्मीतर्फ फोटोग्राफर रजनीकान्त जसराज, दिनेश चौधरी र उदय नारायण चौधरी रहेका छन् ।

त्यस्तै संस्थालाई सक्रिय रुपमा सहयोग गरी योगदान गर्ने मधुसुदन चौधरी, मनोज चौधरी र अन्तिलाल चौधरीलाई पनि सम्मान गरिएको संस्थाका अध्यक्ष विमल चौधरीले जानकारी दिए ।

कार्यक्रममा युवा जगरण संस्थाका अध्यक्ष विमल चौधरी, चम्पन्न सांस्कृतिक समुहका अध्यक्ष नन्दुराज चौधरी, राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष विनय वैद्य, गायक तथा संगीतकार विजय चौधरी, नरेश जोगी, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विजय महतो, जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई उदयनारायण चौधरीले सञ्चालन गरेका थिए । उक्त संस्था आफ्नो स्थापनाकालदेखि नै थारु समुदायकेन्द्रित समाजसेवामा सक्रिय हुँदै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्