Logo

केन्याटा पुनः राष्ट्रपतिमा निर्वाचित, विपक्षीद्वारा प्रदर्शन ८ जनाको मृत्यु



नैरोवी केन्या, २८ साउन । केन्याका राष्ट्रपति उहुरु केन्याटा मंगलबारको निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँले ५।३ प्रतिशत मत प्राप्त गर्नभएको छ भने उहाँको प्रतिस्पर्धि रायला ओडिङ्गाले ४४।७ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

सन् २०१३ देखि राष्ट्रपति रहेका केन्याटाले चुनाव परिणाम घोषणापछि केन्याटाले एकताका लागि आह्वान गर्दै विपक्षी समर्थकहरुलाई भन्नुभयोे, “म तपाइहरूसँगै छु ।हामी एउटै गणतन्त्रका नागरिक हौं ।” विपक्षीले परिणाम घोषणा हुनु अघि अस्वीकार गरिसकेको थियो ।

यसैबीच केन्याटाले स्वतन्त्र, निष्पक्ष र विश्वासिलो रुपमा चुनाव गराइएको अन्तर्राष्ट्रिय पर्यवेक्षकले जनाएका छन् ।
परिणाम घोषणा भएसँगै विपक्षीको पकड मानिएको बहुल किसुमु शहर र राजधानी नाइरोबीका किबेरा लगायतका झुपडबस्ती क्षेत्रहरुमा विरोध प्रदर्शन भएका छन् ।

कैयौं ठाउँमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रृ ग्यास तथा गोली चलेको बताइएको छ । मत परिणामलाई लिएर विपक्षीले गरेको पदर्शनमा शनिबार साँझसम्म आठजनाको ज्यान गएको छ । कैयौं पर्यवेक्षकहरुले दश वर्ष अघिको विवादास्पद चुनावपछिको हिंसा दोहोरिन सक्ने अनुमान गरेका छन् । एएफ्पी



प्रतिक्रिया दिनुहोस्

Screenshot