Logo

नयाँ शक्ति र माओवादी केन्द्रको एकताबारे बाबुराम भट्टराईले मुख खोले, सर्तसहित पार्टी एकता गर्न दाहाललाई आग्रह



साउन २९, काठमाण्डौ । नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबिच एकता हुने सम्भावना बढेर गएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच शनिवार भएको भेटवार्तापछि एकताको माहौल बढ्दै गएको हो । यद्यपी दाहालले राजनीतिक कुराकानी वा पार्टी एकताको विषयमा नभै भट्टराई बिरामी भएको अवस्थामा स्वास्थ्यस्थिती बुझ्नका लागि भेट्न गएका थिए ।

तर शनिबार दिउँसो भट्टराई निवासमा झण्डै २ घण्टासम्म चलेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा माओवादी अध्यक्ष दाहालले पूर्वमाओवादी र अग्रगामी धाराहरुबीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई आग्रह गरेका थिए ।

नयाँ शक्तिका नेता भट्टराईले पनि समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै पार्टी एकताको सम्भावना रहेको संकेत गरेका छन् ।

यस विषयमा भट्टराई स्वयम्ले पनि आफ्ना धारणा सार्वजनिक गरेर एकताको लागि आफु सकारात्मक रहेको सन्देश दिएका छन् । भट्टराईले फेसबुकमार्फत भेटवर्ताका बारेमा जानकारी दिदै पार्टी एकताका लागि ५ वटा बुँदामा एकमत हुनुपर्ने उल्लेख गरेका छन् । भट्टराईले एक कालखण्डको जिम्मेवारी माओवादीले पूरा गरेकाले अब अर्को कालखण्डको जिम्मेवारी पूरा गर्नका लागि नयाँ ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

यता पार्टी एकताका बारेमा माओवादी नेता कृष्णबहादुर महराले पनि मुख खोलेका छन् । महाराले ऋषि धमलाको टेलिभिजन कार्यक्रम धमलाको हमलामा कुरा गर्दै चुनावलाई लक्षित गरी मोहन वैद्य, नेत्रविक्रम चन्दसहित बाबुराम भट्टराईलगायतका माओवादी नेतालाई एक बनाउने प्रयास भइरहेको बताएका छन् । महरासँग गरिएको विस्तृत कुराकानी कार्यक्रम धमलाको हमलामा हेर्न र सुन्न सक्नुहुने छ ।



प्रतिक्रिया दिनुहोस्