Logo

बाढी पहिरोपछि तराई–मधेश “ब्ल्याक आउट”को चपेटामा



साउन २९, काठमाण्डौ । अत्याधिक वर्षापछिको बाढीले तराईको विद्युत आपूर्ति प्रभावित भएको छ । तराई मधेशका अधिकांश क्षेत्रमा ब्ल्याक आउट भएको छ । विजुलीका पोल र तारमा क्षति पुगेपछि विद्युत आपूर्ति पूर्णरुपमा बन्द भएको हो ।
विभिन्न स्थानमा सबस्टेशन पानीले डुबाउनुका साथै केही स्थानमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई ‘ब्ल्याकआउट’ भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार सिरहाको लहानदेखि पुर्वका सबै तराई जिल्लाहरुमा विद्युत आपूर्ति हुन सकेको छैन ।
विद्युत वितरण गर्नका लागि बनेका सबस्टेशन पनि डुबेका कारण पूर्वि तराई पुरै ब्ल्याकआउट भएको हो ।
बाढीका कारण केहि स्थानमा ट्रान्समिसन लाइनका पोलहरु पनि ढलेका छन् । जसका कारण पनि पूर्वी तराइमा विद्युत प्रसारण हुन सकेको छैन ।
सबस्टेशनहरु डुवानरहित बनेको २ दिनपछि मात्रै त्यस्ता स्थानमा बिद्युत आपूर्ति गर्न मिल्ने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा पनि समस्या आएको छ ।
हेटौंडा ढल्केबर प्रशारण लाइनमा ठुला रुखहरु ढलेको कारणले पनि उक्त वरपरको क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध आएको छ । पूर्वी चितवनमा पनि विजुली आपूर्ति ठप्प भएको त्यहाँबाट कृष्ण पौडेलले जानकारी दिएका छन् । नारायणगढबाट उद्धार टोलीसहित पुगेका पौडेलका अनुसार विद्युत आपूर्ति बन्द हुँदा संचार समेत विच्छेद हुने खतरा बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस्