Logo

तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाए



साउन २९, काठमाण्डौ । आज साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा उद्दार तथा राहतबारे छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल भइरहेको एक मन्त्रीले बताए ।
पछिल्लो तीन दिनदेखि लगातार पानी पर्दा तराई क्षेत्र प्राभावित भएको छ । अहिलेसम्म करिब ३ दर्जनको मृत्यु भइसकेको छ भने लाखौँ नागरिक प्रभावित भएका छन् ।
तीन दिनयताको अविरल वर्षाका कारण पूर्वी तराईमा विद्युत आपुर्ति बन्द भएको छ । विभिन्न स्थानमा सबस्टेशन पानीले डुबाउनुका साथै केही स्थानमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई ‘ब्ल्याकआउट’ भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्