Logo

देश डुबानमा पर्दा गृह मन्त्रालय के गरिरहेको छ ? यस्तो छ गृहमन्त्रीको पहल



साउन २९, काठमाडौँ । अविरल वर्षाका कारण देशै भरी जन धनको क्षति बढन थाले पछि, शनिबार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रिय कमाण्ड पोष्ट गठन गरिएको छ । शनिबार बिहान ८ बजे दखि बेलुका सम्म बसेको बैठकले गृहमन्त्री शर्माको नेतृत्वमा उद्धार कार्य चुस्त तथा छरितो बनाउन् र बाढी पिडीतहरुको व्यवस्थापन गर्नका लागि केही महत्वपुर्ण निर्णयहरु गरेको छ । शनिबारनै गृहमन्त्री शर्माले सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउबालाई भेटनु भएको थियो भने बेलुका साढे ७ बजेनै केन्दि«य दैवी प्रकोप उद्धार समितीको बैठक बोलाएर सरोकारवाला मन्त्रालय तथा व्यक्तित्वहरुसँग थप रणनीति तय गर्न परामर्श गर्नु भएको थियो । प्रभावित क्षेत्रमा औषधी सहितको स्वास्थ्य टोली पुर्याउने, यातायात सुचारु राख्ने, आपुर्ति  व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारहरुको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधीहरुको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने लगायतका निर्णयहरु भएका छन् ।

शनिबार साझ सम्म, मुलुकका ११ जिल्लाहरु ९पाँचथर–४, सिन्धुली–४, झापा–४, मोरङ्ग–३, सुनसरी–७, सर्लाही–२, बारा–२, दाङ्ग–१, बाँके –४, मकवानपुर–१, पाल्पा–१० गरी जम्मा ३३ जनाको मृत्यु, ४ जना वेपत्ता, र केही मानिसहरु घाइते भएका जानकारीमा आएको छ  ।

नेपाल प्रहरीबाट ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मीहरु प्रत्यक्ष रुपमा उद्दारका लागि फिल्डमा खटाइएका छन् ।

भारतीय समकक्षीहरुसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोसी ब्यारेजका थप ढोकाहरु खुलाउन अनुरोध गरिएको छ ।

 खोज तथा उद्दारका लागि हेलीकप्टर, मोटर बोट, र्याफ्टिींग बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको छ । सुर्खेतमा रहेको नेपाली सेनाको हेली मार्फत बाँकेका डुबानग्रस्त क्षेत्रहरु नरैनापुर, होलिया, फत्तेहपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानहरुबाट करिब २०० भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको छ । झापाकोे मदरगाछी, कपन कवास, साल्पारा, सौरघुटु, सुनसरीको बुढीखोला क्षेत्र, सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बागमती क्षेत्र, रौतहटको बागमती र लालबकैया क्षेत्र लगायत अन्य प्रभावित स्थानहरुबाट र्याफ््टिङ्ग बोट लगायतका साधनहरु प्रयोग गरी उद्दार कार्य भैरहेको छ । तत्काल राहतका लागि अधिकाशं जिल्लाका जिल्ला दैवी प्रकोप उद्दार समितिहरुबाट आवश्यक खाद्यान्नहरु चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल,नुन, तेल स्थानीय स्तरबाट खरिद गरी वितरण गरिएको छ । नेपाल खाद्य संस्थानका विभिन्न डिपोहरुबाट प्रभावित परिवारहरुलाई खाद्य सामाग्री वितरण गर्न प्याकेजिंग कार्य भइरहेको छ भने नेपाली सेनाको सबै हेलीहरु स्टेन्डबाई राखिएको छ । मौसमको प्रतिकुलताले प्रभावित क्षेत्रमा हेली उडान हुन सकिरहेको छैन । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध भएका राजमार्ग लगायत सडक पुलहरु सूचारु गराउन र संरक्षण गर्ने कार्य गरिरहेको छ । औषधी सहितको स्वस्थ्यकर्मीहरुको टोलीहरु प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ । यसैगरी निजी क्षेत्रका हेलीकप्टरहरु प्राथमिकताका साथ परिचालन गर्र्ने व्यवस्था मिलाउन नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई अनुरोध गरिएको छ । देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि रहेको हुँदा सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । साथै प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुबाट विभिन्न स्थानीय भाषाहरुमा एफ।एम।हरु मार्फत् सर्वधारणहरुलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन अपिल गरिएको छ । यी सबै कार्यहरुका लागि आज बिहानै देखि केन्द्रबाट आवश्यक समन्वय र साधन श्रोत परिचालनका लागि सहयोग पुरयाउने कार्यहरु भैरहेको छ । केन्द्रबाट तालिम प्राप्त जनशक्तिहरुलाई बाढी प्रभावित क्षेत्रहरुमा पठाइएको छ । यस प्रकारको विपत्तीमा परी ज्यान गुमाउनुहुने सवै प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार कार्यमा अहोरात्र खटिने निजामती राष्ट्रसेवक, नेपाली सेना, प्रहरी, विभिन्न संघसंस्थाका सदस्यहरु, स्थानीयबासी सबैमा हार्दिक धन्यवाद दिदै सम्बन्धित सबैले आ–आफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन हुन समेत गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।

विगत केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण मुलुकका विभिन्न १५ भन्दा वढी जिल्लाहरु प्रभावित भएका छन । यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु, समाजसेवी र सञ्चारमाध्यम सबैमा अपिल गरिएको छ । खोज तथा उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको छ । गृह प्रशासनले नेपाल सरकारका सबै निकायहरुबीच आवश्यक समन्वय गरिरहेको छ । डुबानका कारणले कतिपय स्थानहरुमा मानिसहरु अलपत्र परेको जानकारी आएको र जोखिममा रहेका नागरिकहरुको खोज तथा उद्दार कार्य तिव्रताका साथ भइरहेको छ भने मृतकहरुको शव व्यवस्थापन सम्बन्धी कार्यहरु भैरहेको छ ।

(गृहमन्त्रालयको वेवसाइटबाट)



प्रतिक्रिया दिनुहोस्