Logo

राप्रपा प्रजातान्त्रिक गठनको टुङ्गो लगाउँदै निर्वाचन आयोग, राणा र थापा केन्द्रिय सदस्य तानातानमा



साउन २९, काठमाण्डौ । पशुपतिशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दल गठनका लागि दिएको निवदेन उपर निर्वाचन आयोगले आज सनाखत गर्ने तयारी गरेको छ । कमल थापा नेतृत्वको राप्रपाबाट अलग्गिएर नयाँ दल गठन गर्नका लागि राणाले दिएको निवेदन उपर छानविन गरी आजै टुङ्गो लगाउने तयारी आयोगले गरेको हो ।
राणाले दल दर्ताका लागि बुझाएको निवेदनमा समावेश हस्ताक्षर सनाखत गरी ४० प्रतिशत पुगे नपुगेको टुङ्गो आयोगले लगाउनेछ । नयाँ दल गठनका लागि ४० प्रतिशत केन्द्रिय सदस्य आवश्यक पर्ने भएकाले राणा त्यसको कसरतमा छन् । उता कमल थापा भने ४० प्रतिशत पुग्न नदिने रणनीतिमा छन् ।
दुवै नेता आ–आफ्नो रणनीति सफल बनाउने अभियानमा लागेकाले केन्द्रिय नेता र सासंद तानातानको स्थिती छ । निर्वाचन आयोगको नियम अनुसार राणाले ४० प्रतिशत सदस्य पु¥याउन सके आजै नयाँ दलको मान्यता आयोगले दिने छ । राणाले दल दर्ताका लागि आवेदन दिदा बुझाएका कतिपय हस्ताक्षर नक्कली भएको भन्दै थापाले राणाको पक्षमा ४० प्रतिशत नपुग्ने दाबी गर्दै आएका छन् । राणाले भने जसरी पनि ४० प्रतिशत सदस्य पु¥याएरै छाड्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्