Logo

अविरल वर्षाको प्रभाव जताततै, टेलिफोन सेवा पनि प्रभावित



साउन २९, काठमाण्डौ । भारी वर्षासँगै आएको बाढी पहिरोका कारण आइतवार संचार सेवा प्रभावित भएको छ । दूरसंचार सेवा प्रदायक कम्पनीको फोन र एसएमएस सेवामा बाढीको प्रभाव देखिएको हो । फोन नलाग्ने, लागेपनि आवाज नसुन्ने, एसएमएस पनि नजाने लगायतका समस्या देखिएका छन् ।
बाढीपहिरोका कारण बिटीएस टावर र विद्युत आपूर्ति अवरुद्ध हुँदा टेलिफोन सेवा प्रभावित भएको हो । बाढीपहिरोबाट प्रभावित पूर्वी क्षेत्रमा टेलिफोन सेवा प्रभावित भएको नेपाल टेलिकमले जनाएको छ ।

अधिकांश स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएकाले पनि टेलिफोन सेवा अवरुद्ध भएको हो ।
शनिवार इटहरीको टेलिकम टावर र कार्यालयमा क्षति पुगेको र त्यस ठाउँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ ।



प्रतिक्रिया दिनुहोस्