Logo

गोविन्द केसीको माग पूरा नहुने संकेत, मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न अस्विकार



साउन २९, काठमाण्डौ । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई फकाउने प्रयास गरे पनि त्यो असफल भएको छ । शनिवार देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माग पूरा गराउनका लागि मनमोहन मेडिकल कलेज सरकारले नै किन्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्री देउवाले यसबारे छलफल गर्न बसेको कांग्रेस र माओवादी शीर्ष नेताहरुको बैठकबाटै एमाले अध्यक्ष केपी ओली र मनमोहन मेडिकल कलेज सञ्चालन गर्न खोजेको नेपाल हेल्थ केयर कोअपरेटिभ लिमिटेडका अध्यक्ष राजेन्द्र पाण्डेलाई पनि बोलाइएको थियो । तर, ओली राजधानी बाहिर भएका कारण आएनन् । उनीसँग टेलिफोनमा कुराकानी भएको र, उनले सम्वन्धित संस्थालाई नै सोध्नु पर्ने जवाफ दिएका छन् । पाण्डेले भने आफूहरुको उद्देश्य कलेज सञ्चालन गर्ने हो भन्दै सरकारलाई नबेच्ने जवाफ दिएइका छन् ।
बालुवाटार बैठकमा संशोधनसहित चिकित्सा शिक्षा विधेयक अघि बढाउने र डा. केसीको अनसन तोड्ने समझदारी भएको थियो । त्यसअनुसार संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले विधेयक पनि पास गरेको छ । तर, डा. केसीले अनसन तोडेका छैनन् ।

यस बारेमा आजको मन्त्रीपरिषदको बैठकमा पनि छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्