Logo

भारत र चिनसँगको सम्बन्ध यसरी केलाए महराले, भन्छन् “भारतसँग नजिक छैनौँ”



साउन ३०, काठमाण्डौ ।  उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले वर्षातका बेला हुने बाढीको प्रमुख कारक मानिएको विभिन्न बाँध, व्यारेज र तटबन्धको समस्या समाधानका लागि दीर्घकालिन योजना बनाउने बताएका छन् । ऋषि धमलाको टेलिभिजन कार्यक्रम धमलाको हमलामा कुरा गर्दै मन्त्री महराले दीर्घकालिन सोचका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

त्यसका लागि आफुले पहल गरिरहेको बताउँदै महराले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला कुरा उठाउने तयारी भइरहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला गरिने छलफलका एजेण्डा करिब ३० वटालाई प्राथमिकता दिने महराको जिकिर छ । कर्णाली र अरुण जलविद्युत् आयोजनासहित पञ्चेश्वर परियोजनालाई अघि बढाउने विषयलाई भ्रमणका बेला ठोस रुपमा कुरा उठाएर निश्कर्षमा पु¥याउने दाबी महराले गरेका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुने दाबी गर्दै महराले दुई देशबिचको सहमतिमा पाइपलाइनमा भएका योजना र विषयवस्तुलाई कार्यान्वयनको पाटोमा लैजाने विषयमा महत्वपूर्ण उपलब्धि हुने महराको भनाई छ ।


यसपटकको भारत भ्रमणमा धेरै मुद्दाहरु हल गर्ने पक्षमा आफु रहेको महराको दाबी छ । त्यसका लागि भारतीय पक्षसँग परामर्श भइरहेको महराको भनाई छ । सिमा विवादका मुद्दालाई पनि उठान गरिने महराले बताएका छन् ।
भारतसँगको खुला सिमाना र त्यसले सृजना गरेको निकट सम्बन्धका कारण समस्या पनि बढेको महराको तर्क छ । उनी भन्छन्, “हामी खुला बोर्डरमा भएका कारणले भारतसँग अरुभन्दा बढि सामिप्यता पनि छ, मित्रता पनि छ, समस्या पनि छ ।”
परराष्ट्र नीतिमा नेपाल फेल नभएको दाबी गर्दै महराले भने, “विश्वमा नेपाल सार्वभौमसत्ता र स्वतन्त्र राष्ट्रका रुपमा स्थापित हुनु भनेको परराष्ट्र नीति सफल हुनु हो ।”
तर परराष्ट्र नीतिलाई अझ विकसित गर्दै माथि उठाउन जरुरी रहेको महराको तर्क छ । हरेक देशले परराष्ट्र नीति तय गर्दा आफ्नै स्वार्थ हेर्ने भएकाले नेपालले पनि राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर अरु देशसँग मित्रतापूर्ण सम्बन्ध राख्ने नीति नेपालको रहेको महराको भनाई छ ।
नेपालको परराष्ट्र नीति सफल भएको जिकिर महराको छ । बाहिर भनिएजस्तो भारत र चिनसँगको परराष्ट्र नीति सन्तुलित नभएको भन्ने कुरालाई नकार्दै महराले भने, “दुई देशबिचको परराष्ट्र नीति सन्तुलित नभएको भए नेपालै रहँदैनथ्यो ।”

भारत, चिन वा अरु कुनै पनि देशतर्फ एकपक्षिय नबनेको महराको तर्क छ । नेपाल सार्वभौम स्वतन्त्र राष्ट्रको रुपमा स्थापित हुनुको प्रमुख कारण सन्तुलत परराष्ट्र नीति भएको महराको दाबी छ । “म दिल्ली जाँदा ३८ वटा देशका राजदुतसँग भेटेँ । सबैले नेपालको परराष्ट्र नीतिको प्रशंसा गरेका छन् ।” महराले भने ।
नेपाल सबै देशको असल मित्र भएको बताउँदै महराले भारतसँग नजिक भएको भन्ने तर्कलाई अस्विकार गरेका छन् । “कसैसँग नजिक कसैसँग टाढा भन्ने पटक्कै छैन ।” महराको दाबी छ ।

नेपाल र भारतबिचको सिमा विवादका विषयमा नेपाल तटस्थ रहेको बताउँदै महराले शान्तीपूर्ण र कुटनीतिक तरिकाले समस्याको हल गर्नुपर्नेमा जोड दिए । दुवै पक्षले तनाबको स्थिती सृजना गर्न नहुने तर्क महराले गरेका छन् । “तनाव देखिएको छ, तर तनावले समस्याको समाधान हुँदैन ।” महराले भने ।
भारत र चिनबिचको दोक्लम विवादका बारेमा महराले भनेका छन्, “अहिले हामी कसैको पक्षमा छैनौँ । मैले कसैको पक्ष लिएर सिमा विवादमा बसेर छलफल गर्नुपर्छ भनेको छु ।”

भारत र चिनबिच चिसिएको सम्बन्ध बदलिने बताउँदै महराले झन तनाब बढ्दै जान्छ भन्ने ठान्न नहुने बताए । “द्धन्द्धमा परिणत नहोस् भन्ने नेपालको चाहना हो ।” महराले भने । आवश्यकता परेको खण्डमा नेपालले मध्यमार्गी बाटो खोजेर दुई देशलाई मिलाउने काम गर्न सक्ने महराको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्