Logo

मन्त्रीपरिषद बैठक सुरु, बाढी, गोविन्द केसीका माग, चिनिया उपप्रधानमन्त्रीको नेपाल भ्रमण र प्रमको भारत भ्रमणका एजेण्डमा छलफल



साउन ३१, काठमाण्डौ । पछिल्लो समयका विविध विषयमा छलफल गर्नका लागि मन्त्रीपरिषदको बैठका सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सुरु भएको बैठकमा बाढीपहिरोले पु¥याएको क्षति, गोविन्द केसीको अनशन, चिनिया उपप्रधानमन्त्रीको नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा छलफल भइरहेको छ ।

बैठकमा चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि २३ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको माग कसरी पूरा गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ । केसीका माग पूरा हुने गरी सरकारले काम गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिएका छन् । माग पूरा गरेर केसीको अनशन तोडाउने पक्षमा देउवा रहेको स्रोतले बताएको छ ।
यस्तै केही दिन यता परेको अविरल वर्षाले जनधनको ठूलो क्षति भएको विषयले पनि मन्त्रीपरिषदको बैठकमा प्राथमिकता पाएको छ । राहत वितरण र उद्धारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बैठकमा छलफल भएको छ ।
हिजो मात्रै नेपाल भ्रमणमा आएका चिनिया उपप्रधानमन्त्री वाङ याङसँग भएका सम्झौता र याङले व्यक्त प्रतिवद्धताका विषयमा पनि आजको बैठकमा विशेष छलफल हुने बताइएको छ ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भदौ सात गतेदेखि हुने भारत भ्रमणका एजेण्डाका विषयमा पनि छलफल गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्