Logo

मोदी र देउवावीच फोनवार्ता, भारु २५ करोड बराबरको सहयोग गरिने प्रतिबद्धता



काठमाडौँ, २ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्पmबाट २५ करोड भारतीय रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले साँझ ६ बजे टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँहरूको परिवारलाई समवेदना व्यक्त गर्नुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

“भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो,” प्रधानमन्त्री देउवाले टेलिफोन वार्तापछि भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्