Logo

प्रधानमन्त्री देउवाको पाँच दिनको दिल्ली भ्रमण तालिका यस्तो छ



भदौ ७, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । पाँच दिने औपचारिक भारत भ्रमणका लागि देउवा नेपाल एयरलाइन्सको नियमित उडानमा भारत प्रस्थान गरेका हुन् । देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रण छ ।
देउवाको भ्रमण टोलीमा पत्नी आरजु राणा, उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्य मन्त्री मिन वश्वकर्मा, नेपाल सरकारका सचिव, निजी क्षेत्रका उद्योगी तथा व्यवसायी, सचिवालयका कर्मचारी लगायत छन् । पाँच दिने भ्रमण सकेर प्रधानमन्त्री ११ गते आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका :
भदौ ७ गते बिहान ११:१५ नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण
बेलुकी ७ बजे असोछामद्वारा आयोजित व्यापारिक कार्यक्रममा सहभागी स्थान ताजमहल होटल
भदौ ८ गते बिहानैदेखि रातिसम्म विभिन्न महत्वपूर्ण कार्यक्रममा व्यस्त
बिहान ९ बजे राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सन
बिहान ९:३० बजे महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण, राजघाट

बिहान १०:३० बजे विदेशमन्त्री सुष्मा स्वराजसित भेटवार्ता, राष्ट्रपति भवन

बिहान ११:३० बजे प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटवार्ता, हैदरावाद हाउस

मध्याह्न १२ बजे प्रतिनिधि मण्डलस्तरीय वार्ता

दिउँसो १ बजे सहमतिपत्र आदानप्रदान, भारत–नेपाल प्रशारण लाइनको रिमोट लञ्चिङ र संयुक्त प्रेस विज्ञप्ति, हैदरावाद हाउस
दिउँसो ३:३५ बजे भारतीय अर्थमन्त्रीसित भेटवार्ता, राष्ट्रपति भवन
दिउँसो ४:१५ बजे भारतीय उपराष्ट्रपतिसित भेटवार्ता, राष्ट्रपति भवन
साँझ ५ बजे भारतीय राष्ट्रपतिसित भेटवार्ता, राष्ट्रपति भवन
भदौ ९ गते
मध्याह्न १२ बजे हैदरावादका लागि विमानबाट प्रस्थान, पालमस्थित वायुसेनाको विमानस्थल
दिनभर हैदरावादमा कार्यक्रम
साँझ ७:३० बजे तेलन्गानाका गभर्नरसित भेटवार्ता, राजभवन
भदौ १० गते
दिनभर हैदरावादमा कार्यक्रम
दिउँसो २ः३० बजे गयाका लागि विमानबाट प्रस्थान

भदौ ११ गते, आइतबार
दिनभर गयामा कार्यक्रम

दिउँसो ४ बजे नयाँ दिल्लीका लागि विमानबाट प्रस्थान

साँझ ६:४५ बजे  काठमाडौँका लागि विमानबाट प्रस्थान



प्रतिक्रिया दिनुहोस्