Logo

राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागि हुने तयारीमा, २ वटा मन्त्रालय दिन देउवा सहमत



भदौ १३, काठमाण्डौ । पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा सहभागि हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र राणाबिचमा सरकारमा सहभागि हुने विषयमा सहमति भएको हो । सहमतिको अन्तिम टुङ्गो लागिसकेको नभए पनि २ वटा मन्त्रालय दिएर प्रजातान्त्रिकलाई सरकारमा सहभागि गराउने तयारीमा देउवा छन् । राणाले भने ३ वटा मन्त्रालय मागेका छन् । देउवाले २ वटा फुल मन्त्रालय र अन्य केही सहायक र राज्यमन्त्री दिएर राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागि गराउने तयारी गरेका हुन् ।
प्रजातान्त्रिकलाई उद्योग र वन मन्त्रालय दिने सम्भावना छ । यद्यपी देउवाले भने उद्योग र शान्ति तथा पुनर्निर्माण मन्त्रालय दिने चाहेका छन् । राणाले उद्योग र वन मन्त्रालयमा इच्छा देखाएका हुन् ।
भागबण्डा लगाउन बाँकी रहेका ४ वटा मन्त्रालयमध्ये २ वटा राप्रपा प्रजातान्त्रिकलाई र बाँक २ मध्ये कांग्रेस र नेकपा माओवादी केन्द्रले एकएक वटा लिने तयारी छ । देउवाले १–२ दिनभित्रमा नै मन्त्रीमण्डल विस्तार गरेर प्रजातान्त्रिकलाई सरकारमा सहभागि गराउनेछन् ।
यसैबिच नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिकबिचमा प्रदेश नम्बर २ का स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा पनि छलफल भएको छ । दुई दलको अनुकलुता अनुसार तालमेल गर्ने विषयमा देउवा र राणा सहमत भएका छन् ।
कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएर राप्रपा प्रजातान्त्रिक गठन भएको हो । राप्रपाबाट अलग्गिदा पशुपतिशमशेरलाई सरकारमा सहभागि हुनका लागि पार्टी फुटाएको आरोप लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्