Logo

“दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीसँग समान व्यवहार गर्नुपर्छ” : माधव नेपाल



हेटौँडा, १४ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रका लागि परिपक्क कूटनीतिक क्षमता प्रदर्शन गर्न सत्तारुढ दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीहरुसँग समान व्यवहार गर्दा मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने बताउनुभएको छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, वनविज्ञान अध्ययन संस्थानद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा नेता नेपालले विद्यार्थीले पनि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको सार्वभौम र प्रजातन्त्रको सुदृढीकरणका लागि आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

उहाँले सत्तारुढ दलहरुले सैनिक चिन्तन र दम्भलाई त्यागेर राष्ट्रवादी भावनाले सबै जनतालाई समेटेर विकासको पूर्वाधारमा समानुपातिकरुपमा व्यवहार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले २ नं. प्रदेशमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot