Logo

यी हुन राप्रपा (प्रजातान्त्रिक) बाट मन्त्री हुनेहरुको नाम



काठमाडौं, १५ भदौ । पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाएको छ ।

संभवतः राप्रपा प्रजातान्त्रिक भोलि नै सरकारमा सहभागी हुने भएको छ। राप्रपा प्रजातान्त्रिकका एक नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको छ ।

सरकारमा सहभागी हुनेबारे अध्यक्ष राणाले प्रधानमन्त्री देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरीसकेका छन् ।

राप्रपा(प्रजातान्त्रिक)बाट ४ मन्त्री र २ राज्यमन्त्री सरकारमा सहभागी हुनेछन्। राप्रपा (प्रजातान्त्रिक)ले सुनिलबहादुर थापा, बिक्रम पाण्डे, दीपक बोहोरा, रामकुमार सुब्बा र रेशम लामा मध्ये एकलाई सरकारमा पठाउने भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्