Logo

प्रचण्डको खुलासा : ‘एमालेबाहेक सबै दलसँग चुनावी गठबन्धन हुन्छ’



रौतहट, १५ भदौ । प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको तेश्रो चरणको चुनावका लागि विभिन्न राजनितिक दलहरुसँग गठबन्धनका बारेमा छलफल भइरहेको स्पष्ट पारेका छन् ।

तराई मधेशका जिल्लाहरुमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताउँदै उनले मधेसवादी दल तथा कांग्रेससँग पनि मिलेर चुनावमा जाने बारेमा कुरा भएको बताए ।

‘राजपा र उपेन्द्रजीको पार्टीसँग पनि गठबन्धनका बारेमा कुरा भएको छ । मधेशका मागहरु सम्बोधनका लागि माओवादी केन्द्रले पहल गरे पनि संसदमा एमालेको कारण संशोधन पास हुन सकेन ।’

पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ‘एउटा पार्टी विषेशसँग मात्रै होइन हामीले धेरै जनासँग गठबन्धनका बारेमा कुरा गर्दैछौं । चुनावका उम्मेदवारका बारेमा ७० प्रतिशत टुङ्गो लागेको छ ।’

अन्य दलसँग चुनावमा तालमेल गर्ने सम्भावना रहे पनि एमाले सँग भने गठबन्धनको सम्भावना नरहेको उनले बताए । अध्यक्ष प्रचण्ड सँगै शहरी विकास मन्त्री प्रभु साह र अन्य सांसदहरु रौतहटमा बाढी पीडितको अवस्था अनुगमनका लागि बाढी प्रभावित विभिन्न क्षेत्रहरुमा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्