Logo

निगमको जग्गा खरिदमा पूर्वमन्त्री दिपक बोहोरादेखि व्यापारी दिपक मल्होत्रासम्म



भदौ १६, काठमाण्डौ । नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा पूर्वमन्त्री दिपक बोहोरा संलग्न रहेको आशंका गरिएको छ । जग्गा खरिद प्रक्रिया सुर हुँदाका आपूर्ति मन्त्री दिपक बोहोराको डिजाइनमा जग्गा खरिद गर्दा करोडौँ रुपैयाँ भ्रष्टाचार भएको पाइएको हो । पूर्वमन्त्री बोहोराको योजनामा व्यपारी दिपक मलहोत्रासमेत जग्गा खरिद प्रक्रियामा सहभागि भएको बताइएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै सासंद रामवीर मानन्धरले बोहोरा र मलहोत्रा जग्गा खरिद प्रक्रियामा संलग्नको आशंका व्यक्त गरेका हुन् । निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसद तथा उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सदस्य रामवीर मानन्धरले झापा, सर्लाही, चितवन, भैरहवामा दुई अर्ब रुपैयाँको जग्गा खरिद गरेकोमा त्यसको वास्तविक मूल्य भने ५० करोडभन्दा बढी हुने अवस्था नदेखिएको बताए ।
‘जग्गा खरिदमा करिब दुई अर्ब रुपैयाँ खर्च भएको देखिए पनि ५० करोड रुपैयाँभन्दा धेरै जग्गाधनीले पाएका छैनन,’ मानन्धरले भने, ‘डेढ अर्ब रुपैयाँ अनियमितता भएको देखिन्छ ।’ झापामा किनिएको जग्गा हेर्न तत्कालीन मन्त्री दीपक बोहोरा पनि गएको तथ्यसमेत समितिनले फेला पारेको मानन्धरले बताएका छन् ।
जग्गा किन्नका लागि पैसा लगानी भने चर्चित व्यापारी एवंम् आईएमएसका अध्यक्ष दीपक मल्होत्राले गरेको आशंका गरिएको छ ।
नेपाल आयल निगमको जग्गा खरिदमा कम्तीमा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको भेटिएको छ । निगमले झापा, सर्लाही, चितवन र रूपन्देहीमा गरेको जग्गा खरिदका क्रममा तयार भएको फाइल अध्ययन गर्दा जग्गा दलाल प्रयोग गरी प्रचलित मूल्यको तुलनामा महँगोमा खरिद गरेको पुष्टि भएको छ ।
करोडौँ रुपैयाँ अनियमितता गरेको आशंकापछि बोहोरा र मल्होत्रालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाउने तयारी गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्