Logo

निर्वाचन आयोग र सरकारवीच वारपारको लडाई, आचारसंहिता उल्लंघन गरे मन्त्रीलाई समेत कारवाही गर्ने आयोगको उद्धघोष



काठमाडौं, १६ भदौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कुनैपनि हालतमा नछोड्ने बरु कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएको छ । तर, सरकारका जिम्मेवार मन्त्रीहरु भने यतिवेला आचारसंहिता विपरित धमाधम कर्मचारी सरुवा तथा बढुवाको खेलमा गोप्य रुपमा कोठे बैठबकमा व्यस्त छन् ।

सरकारको नेतृत्वकर्ता प्रधानमन्त्रीदेखि लिएर जिम्मेवार मन्त्रीहरु नै आचारसंहिता विपरित यस्तो सरुवा बढुवा गर्न लागिपरेको रहस्य खुल्न आएको छ । सरकारबाटै सबैभन्दा धेरै आचारसंहिताको उलंघनका घटना भएको भन्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि कारवाहीको दायरमा ल्याउने उद्धघोष गरे ।

आचारसंहिता उल्लंघन गर्ने कसैलाई पनि आयोगले नछाड्ने भन्दै डा. यादवले मनोनयन अवधि र मनोनयन पछिको समय बढी संवेदनशील हुने हुँदा विशेष चनाखो हुन अनुगमनकर्ताहरूलाई आजमात्रै विशेष निर्देशन दिएका छन्।

शुक्रबार आयोग परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले भनेका थिए,“समन्वय अभावले हुने कमी कमजोरीलाई हटाउनेतर्फ अनुगमनकर्ताले विशेष भूमिका निर्वाह गर्नुपर्छ।”
संवैधानिक आयोगको रुपमा रहेको निर्वाचन आयोगलाई विभागको सरह सरकारले व्यवहार गरेको यादवले गुनासो गरे । तेस्रो चरणमा हुने प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तह निर्वाचनका लागि आयोगले २ सचिवसहित १८ जनालाई अनुगमनमा खटाएको छ । उनीहरु यही भदौ १९ गतेदेखि कार्यस्थलमा खटिने छन् ।

पछिल्लो समय सरकारका मन्त्रीहरुले होटल, कोठा तथा विभिन्न गोप्य ठाउँहरुमा कमिशनको खेती गरिरहेको रहस्य बाहिर आएको छ । स्रोतका अनुसार मन्त्रीहरुले यतिवेला कर्मचारी सरुवा तथा बढुवामा विशेष ध्यान दिएका छन् । उनीहरुले कर्मचारीहरुसँग मोटो रकम असुलेर मालदार ठाउँमा सरुवा गरिरहेका छन् ।

सोही सिलसिलामा यतिवेला सामान्य प्रशासनमन्त्री विवादमा मुछिएका छन् । उनले यतिवेला गोप्य रुपमा ठुलो संख्यामा कर्मचारी सरुवा गरेको रहस्य बाहिर आएसँगै निर्वाचन आयोगले उच्च सतर्कता अपनाएको छ । र, सोही अनुसार अनुगमनलाई तिव्रता दिएको छ ।

त्यस्तै सरुवा तथा बढुवाको चलखेलमा सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतसँगै गृहमन्त्री जनार्दन शर्मा, स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, सिँचाईमन्त्री सञ्जय गौतम, वाणिज्यमन्त्री मीन विश्वकर्मा, भूमि सुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहित, पर्यटनमन्त्री जितेन्द देव लागिपरिरहेका छन् ।

मन्त्रीहरुले निर्वाचन केन्द्रित रहेर मोटो रकम लिएर कर्मचारी सरुवा गरेको सिंहदरबार निकट उच्च स्रोतले दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot