Logo

राप्रपा नेता उपचारका लागि मेदान्तमा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा पूर्वमन्त्री दिलनाथ गिरी उपचारका लागि सोमबार भारतको मेदान्त अस्पताल जाने भएका छन् ।

६ महिनाअघि बिरामी भएर ओम अस्पतालमा उपचार गर्न पुगेका उनलाई त्यहाँका चिकिस्तकले निमोनिया भएको भन्दै एक सातासम्म उपचार गरेका थिए । चैत्रको पहिलो साता नै ओममा भर्ना भएका उनले त्यसपछि नर्भिकमा देखाएका थिए । तर नर्भिकले निमोनिया नभएको रिपोर्ट दिएको थियो । नर्भिकमा सामान्य उपचार भएपनि पूर्ण उपचार सम्भव नभएपछि उनी मेदान्त जान लागेका हुन् ।

‘पटकपटक उपचार गर्दा पनि भनेजस्तो सफलता नपाएपछि अहिले मेदान्त नै जानुपर्ने भएको छ ’ गिरीले भने ‘ यहाँका केही चिकित्सकसँग सल्लाह गरेपछि थप उपचारको लागि केही दिन जान लागेको हुँ ।’ उनी कति दिन बस्ने भन्ने टुंगो छैन । राप्रपाका प्रमुख सचेतक र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पछिल्लोपटक गिरी पर्यटनमन्त्री भएका थिए । मन्त्री हुनेबित्तिकै बिरामी भएका गिरीले आफ्नो कार्यकाल ५६ दिनमा सोचेजति काम गर्न नपाएको गुनासो पनि गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot