Logo

कांग्रेसले १३६ तहमध्ये २१ वटामा उम्मेदवार टुङ्गो लगाउन बाँकी



भदौ १९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रदेश नम्बर २ को चुनावका लागि उम्मेदवार चयन सकिएको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै खानेपानी तथा सरसफाई मन्त्री समेत रहेका यादवले वीरगंज महानगरपालिकामा अजय द्धिवेदी र जनकपुर उपमहानगरपालिकामा मनोज शाहलाई उम्मेदवार बनाइएको जानकारी दिएका छन् ।

महेन्द्र यादव, मन्त्री, खानेपानी तथा सरसफाई

केही स्थानीय तहमा भने अझै अन्तिम निर्णय भइनसकेको यादवले बताए । बाँकी रहेका स्थानको टुङ्गो पनि आजै लगाइने नेता यादवको दाबी छ । प्रदेश नम्बर २ मा भएका १३६ तहमध्ये २१ वटामा उम्मेदवार टुङ्गो लगाउन बाँकी रहेको यादवले बताए ।
उम्मेदवार चयनका सम्बन्धमा पार्टीभित्र कुनै द्धन्द्ध नभएको दाबी गर्दै नेता यादवले सबैसँग सल्लाह गरेर सर्वसम्मत उम्मेदवार चयन गर्नुपर्ने भएकाले केही समय लागेको बताएका छन् । विपक्षी दलका उम्मेदवारहरुको समेत अवस्था हेरेर कांग्रेसले टिकट वितरण गर्ने यादवको भनाई छ ।
रामचन्द्र पौडेल पक्षले टिकट वितरणका सम्बन्धमा असन्तुष्टी जनाएको भन्ने कुरामा सहमत हुँदै यादवले भने, “वरिष्ठ नेताको पनि सुझाब होलान् । उहाँको सुझाब अनुसार नै सर्वसम्मत रुपमा टिकट बाँडेका छौँ ।”



प्रतिक्रिया दिनुहोस्