Logo

एकै ठाउँबाट ८८ किलो सुन बरामद, गाडीका चालक अधिकारी प्रहरी नियन्त्रणमा



काठमाडौं, १९  भदौ। सुन तस्करीका समाचार बेला–बेला प्रकाशमा आइरहे पनि इतिहास मै पहिलो पटक ८८ किलो सुन एकै ठाउँबाट बरामद भएको छ । यति धेरै सुन बरामद भएको यो पहिलो पटक हो ।

प्रहरीले सोमबार बिहान राजधानीको ठमेलमा एउटा गाडीबाट उक्त परिमाणको सुन बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुकका अनुसार गोप्य सुराकीका आधारमा आइतबार रातिबाटै निगरानीमा खटिएको प्रहरी टोलीले सोमबार बिहान एउटा गाडीबाट उक्त सुन बरामद गरेको हो ।

प्रहरीले उक्त गाडीका चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ । सुन तस्करीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त सुन चीनबाट केरुङ नाका हुँदै भित्र्याइएको आशंका गरिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले गए राति २ बजे क्षेत्रपाटीबाट पक्राउ गरेको हो । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले बा १७ च ६४२७ नंको पार्किङ गरेर राखिएको गाडीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

महाशाखाले गाडीसहित मनोज अधिकारीलाई पक्राउ गरेको छ ।



प्रतिक्रिया दिनुहोस्