Logo

चुनावी तालमेलको लागि प्रचण्डले गरेको ६०/४० को भागबण्डा प्रस्ताव देउवाद्धारा स्विकार



काठमाडौं, १९ भदौ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रवीच असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि चुनावी तालमेल हुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी गठबन्धनको लागि राखेको ६०/४० को भागबण्डा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सहजै स्विकार गरेका छन् ।

उनले प्रचण्डको प्रस्तावलाई स्वागत गर्दै पार्टीभित्र शीर्ष तहमा छलफल गरेर निर्णय दिने वचन दिएका छन् । तर कांग्रेसभित्रै भने प्रचण्डको उक्त प्रस्तावलाई कुनैपनि हालतमा मान्न नहुने एक थरी शीर्ष नेताहरुले चर्को आवाज उठाईरहेका छन् ।

यसअघिका स्थानीय तहका निर्वाचनमा पनि तालमेल गरेर राम्रो र सन्तोषजनक नतिजा हात पार्न सफल भएका प्रचण्डले यो असोज २ गतेको स्थानीय तहको निर्वाचन र मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि तालमेल गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
प्रचण्डको ललिपपमा देउवा सहमत भएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चर्को विरोध गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्