Logo

२ नम्बर प्रदेशमा राजपाले ९० सिट जित्छ : झा



काठमाडौं, २० भदौ । राजपा नेपालका महासचिव केशव झाले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टीले ९० सिट जित्ने दाबी गरे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हाम्रो प्रारम्भिक तयारी र आँकलन भनेको नै ९० सिट जित्ने हो, त्यही अनुसार व्यापक तयारी भैरहेको छ।’

नेता झाले चुनावको लागि पार्टीले करिब–करिब सबै स्थानमा उम्मेद्धवारहरुको नाम टुँगो लगाएको समेत जानकारी दिए । उनले चुनावमा कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग ४÷५ ठाउँमा तालमेल हुने समेत स्पष्ट पारे । उनले भने,‘केही ठाउँमा माओवादी केन्द्रसँगपनि तालमेल हुन्छ, संभावना बढ्दै गएको छ।’

त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल हुनै नसक्ने भन्ने नभएको बताए । उनले थपे,‘एमालेसँग वर्जित छैन, अहिलेसम्मको संकेत हेर्ने हो भने तालमेलको संकेत भने देखिएको छैन, तर अनुकुलता हेरेर जोसँगपनि हुन सक्छ।’



प्रतिक्रिया दिनुहोस्