Logo

यी हुन माओवादी केन्द्रका दुई नम्बर प्रदेशका ३७ उम्मेदवारहरुमात्रै सार्वजनिक (सूचीसहित)



काठमाडौं, २० भदौ। नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशका केही स्थानीय तहमा उम्मेदवारहरु टुंगो लगाएको छ । दुई नम्बर प्रदेशका ८ जिल्लामा ३३६ स्थानीय तह भए पनि माओवादी केन्द्रले मंगलबार ३७ उम्मेदवारहरुमात्रै सार्बजनिक गरेको हो ।

कतिपय उम्मेदवार प्रदेशले टुंगो लगाए पनि केन्द्रीय कार्यालयमा नाम प्राप्त नभएको माओवादी केन्द्रले जनाएको छ । ति नामहरु प्राप्त हुनेबित्तिकै उपलब्ध गराइने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिकामा युवा उम्मेदवार रहबर अन्सारीलाई अघि सारेको छ । दुई नम्बर प्रदेशमा तीन वटा उपमहानगर भए पनि उपमहानगरमा भने माओवादीले उम्मेदवार चयन गरिसकेको छैन ।

हेर्नुस् माओवादी केन्द्रले सार्वजनिक गरेका उम्मेदवारहरुको सूची
क्र.सं. स्थानीय तह उम्मेवारको नाम पद
१. बीरगञ्ज महानगरपालिका,  रहबर अन्सारी मेयर
२. राजबिराज नगरपालिका,  अनिस अन्सारी मेयर
३. हनुमान नगर नगरपालिका, राहुल मण्डल मेयर
४. हनुमान नगर नगरपालिका, चित्रादेवी कामठ उपमेयर
५. कञ्चनपुर नगरपालिका, बन्सी चौधरी मेयर
६. सप्तकोशी नगरपालिका ध्रुव कार्की मेयर
७. सम्भूनाथ नगरपालिका दानालाल चौधरी मेयर
८. सम्भूनाथ नगरपालिका सुमिता साह उमपेयर
९. सुरुङ्गा नगरपालिका हरिनारायण चौधरी मेयर
१०. सुरुङ्गा नगरपालिका लक्ष्मी चौधरी उपमेयर
११. खडक नगरपालिका जयप्रकाश चौधरी मेयर
१२. खडक नगरपालिका चन्द्रश्वेरी मण्डल उपमेयर
१३. महादेवा नगरपालिका तारणी तिवारी मेयर
१४. महादेवा गाउँपालिका उर्मिला यादव उपाध्यक्ष
१५. तिरहुत गाउँपालिका दिनेश यादव अध्यक्ष
१६. तिरहुत गाउँपालिका लालबोइन सर्दार उपाध्यक्ष
१७. शोवरण गाउँपालिका बचन चौधरी अध्यक्ष
१८. रुपनी गाउँपालिका मुस्तिकन रायन अध्यक्ष
१९. बेलही टटेना गाउँपालिका महमद इब्राहिम मिया अध्यक्ष
२०. तिलाठी कैलाली गाउँपालिका मुन्नेलाल मुखिया अध्यक्ष
२१. छिन्नमस्ता गाउँपालिका जपप्रकाश यादव अध्यक्ष
२२. बङ्गाहा गाउँपालिका छत्रनारायण यादव अध्यक्ष
२३. बङ्गाहा गाउँपालिका चन्डेश्वरी राम उपाध्यक्ष
२४. महादेवा गाउँपालिका (ख) शिबनारायण यादव अध्यक्ष
२५. चन्द्रनिगाहापुर नगरपालिका युवराज भट्टराई मेयर
२६. बिन्द्रावन नगरपालिका रामप्रसाद पटेल मेयर
२७. गजरा नगरपालिका पलट चौधरी मेयर
२८. कठरिया नगरपालिका शियाराम कुसबाहा मेयर
२९. पटुवा विजयपुर नगरपालिका सुरेन्द्र यादव मेयर
३०. मौलापुर नगरपालिका रिनाकुमारी साह मेयर
३१. देवाही गोनाही नगरपालिका प्रेमलाल साह मेयर
३२. माधव नारायण नगरपालिका देवनारायण भगत मेयर
३३. बरुवा नगरपालिका बरुण जैसवाल मेयर
३४. बैदिमाई नगरपालिका त्रिभुवन साह मेयर
३५. रायदेवी नगरपालिका राजेश साह कानु मेयर
३६. दूर्गा भगवती गाउँपालिका शम्भु सिंह अध्यक्ष
३७. यमुना माई गाउँपालिका श्रीप्रसाद मुखिया अध्यक्ष



प्रतिक्रिया दिनुहोस्