Logo

सिरहामा उत्साहपूर्ण मनोनयन



लहान, २१ भदौ । स्थानीय तहको तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने निर्वाचनका लागि सिरहा जिल्लाका स्थानीय तहहरूमा उत्साहजनक रुपमा विभिन्न दलका र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कतिपय उम्मेदवार बाजागाजा र समर्थकको नाचगानसहित मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न राजनीतिक दलका साथै स्वतन्त्रबाट समेत उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतका अनुसार सिरहा नगरपालिकासहित जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिकामा शान्तिपूर्णरुपमा उम्मेदवारी मनोनयन दत्र्ता सम्पन्न भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्