Logo

राजपा नेपालको आरोप : एमाले मधेशप्रति अनुदार पार्टी हो



काठमाडौं, २२ भदौ । राष्ट्रिय जनता पार्टीले स्थानीय तहको चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

बिहीबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेताहरुले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा अन्य पार्टीबारे राजपा नेपालको दृष्टिकोण पनि समावेश छ । उसले एमालेप्रति टिप्पणी गर्दै भनेको छ,‘एमाले संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेशप्रति अनुदार पार्टी हो, यसको नेतृत्व तहको संरचना हेर्ने हो भने यहाँ मात्रै शासक वर्गहरुको वर्चस्व भेटिन्छ, जो प्रखर मधेश विरोधी पनि छन्।’

त्यस्तै उसले माओवादी केन्द्रले लोकतान्त्रिक प्रणालीमाथि विश्वास नगर्ने र शक्तिको बलमा सत्ता कब्जा गर्ने नीति लिएको भन्दै तिव्र असन्तुष्टि पोखेको छ । उसले जारी घोषणापत्रमा भनेको छ, ‘अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनानले माओवादीको मूल चरित्र संघीयता विरोधी हो ।’

मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र अराजकता मुख्यरुपमा माओवादीकै कारण भएको उसको आरोप छ । रमेश महतोका साथै ५२ जनाको मधेसीको हत्यामा माओवादी कैन्द्र नै मुख्य जिम्मेवार भएको समेत राजपा नेपालको घोषणापत्रमा उल्लेख छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्