Logo

कांग्रेसको आडमा चितवन क्षेत्र नम्बर ३ मा चुनाव लड्दै प्रचण्ड



रोल्पा, काठमाडौ, सिरहा हुँदै चितवन आईपुगेको छु :दाहाल

चितवन, २३ भदौ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको चुनाव अब चितवन क्षेत्र नम्बर ३ बाट लड्न् उद्धघोष गरेका छन् ।
प्रेस सेन्टरले शुक्रबार चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

पत्रकार ऋषि धमलाले तपाई त चितवनको ३ नम्बर क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ अरे नि भनेर सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् । यद्धपी उनले स्थानीय पार्टी कमिटीसँग छलफल गरेर कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने तय गर्ने बताए । प्रचण्डले चितवनको कुन क्षेत्रबाट लड्ने तय हुन बाँकी रहेको बताए ।

अध्यक्ष दाहालले भने,“ऋषिजीले ठिकै भन्नुभयो,“यहाँले बधाई पनि दिनुभयो, मेरो हर प्रयास भनेको नै यहाँको विकास गर्नु हो।” उनले अघि भने,“‘यसअघि जनयुद्धको उद्गमस्थल रोल्पा र राजधानी काठमाडौंलाई जोडने त्यहाँबाट निर्वाचन लडेँ, म मधेसका जनताको पनि जनप्रतिनिधि भएँ, अब चितवनबाटै निर्वाचन लड्छु ।’

प्रचण्डले भने, “वीरगञ्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएकाे छ । चितवन देशकाे एउटा विशिष्ट जिल्ला हाे, यसकाे राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ । त्यसैले म चितवनबाट चुनाव लड्दैछु ।”

म समग्र देशकाे अनुभव लिएर चितवन अाउदैछु, समग्र चितवनलाई उत्कृष्ट शहर बनाउन सकिन्छ। यसकाे दीर्घकालिन विकासकाे गुरुयाेजना बनाउँदैछु ।”

जिल्लाको विकासका लागि पूर्वाधार निर्माणमा आफ्नो प्राथमिकतामा रहेको उनले बकताए । नारायणी र राप्ती नदीलाई जोडेर रिङरोड बनाउने तथा बिदेशी विकसित शहरहरुसँग भरतपुरलाई जोड्ने उनले बताए । प्रचण्डले माडीका जनताको समस्या दीर्घकालीन रुपमै समाधान गर्न पहल भइरहेको दाबी गरे ।

भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनुपर्छ । मैले यसबारे चीनियाँहरुसँग पनि कुरा गरेकाे छु । छिटै यसकाे गुरुयाेजना बन्छ । चितवन देशकै राजनीतिक र अार्थिक गतिविधिकाे केन्द्र हाे, यसलाई देशकै उत्कृष्ट जिल्ला बनाउने सपना छ ।

नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिकाे अाधुनिकिकरण, प्राविधिक शिक्षाकाे गुणात्मक विकास, रिङ राेड, सञ्चार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेकाे छु प्रचण्डले भने ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्