Logo

२ नम्बर प्रदेश महासंग्राममा परिणत, ओलीलाई एक्ल्याउन यस्तो रच्दैछन् देउवा र प्रचण्डले रणनीति



ऋषि धमला । २ नम्बर प्रदेशको निर्वाचनको तयारीमा प्रमुख दलहरु जुटिसकेका छन् । शीर्ष नेताहरु चुनावी प्रचारप्रसारको लागि तराई मधेश झरिसकेका छन् ।
मधेश यसपटक प्रमुख दलहरुको लागि अग्निपरिक्षा नै बनेको छ । उसो त सबै दलहरुको यसपटक चुनावी रणनीति परिवर्तन भएको छ । यसअघिका दुई चरणका निर्वाचनमा प्रमुख दलहरुले चुनावी तालमेल गरेका थिए ।

कतिपयलाई तालमेल फाप्यो भने कतिपयलाई भने अफाप नै सिद्ध भएको थियो । सोही कारणले होला यो पटकको निर्वाचनमा तालमेलको रणनीति लिएनन् । र, अन्ततः दलहरु एक्लाएक्लै चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

प्रमुख दल नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले यो पटकको निर्वाचनमा तालमेल भाँडिएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

आजमात्रै चितवनको भरतपुरमा आयोजित एक पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने,‘ऋषिजी कांग्रेससँग तालमेल हुन सकेन, हामीले गर्न सकेनौं, हामीले त खास गर्न चाहेका थियौं, तर कांग्रेसका साथीहरुले मान्नुभएन।’

कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र तीनवटै प्रमुख दलहरुको यतिवेला जनमत बिग्रिएको छ। शेरबहादुरले पनि भनेका छन्,‘हामी निर्वाचनलाई पूर्ण रुपमा सफल बनाउन लागिपरेका छौं, यतिवेला बेला हाम्रो सम्पूर्ण ध्यान भनेको नै चुनाव सफल बनाउने हो, यसको लागि सरकारले कुनै कसर बाँकी राख्दैन्।’

दलहरुले १३६ स्थानमा आफ्नो पार्टीले नै पहिलो स्थान हाँसिल गर्ने दाबी गर्दै आएका छन् । प्रमुख दलहरुवीच नै कसले बाजी मार्ने भन्ने विषय अहिले प्रतिष्ठाको विषय बनेको छ । चुनाव कसले बढि जित्ने भनेर अहिले रणनीति बुन्नमै दलहरु व्यस्त छन्।

माओवादी केन्द्रले त चुनावी अभियान सञ्चालन गराउन मधेशमै हेडक्वार्टर बैठक समेत मधेशमै चलाएको थियो । आज नाम फिर्ता हुँदा पनि नाम फिर्ता भएको छैन । यसको अर्थ के हो भने अब दलहरुवीच चुनावी तालमेलको औचित्य समाप्त भएको छ ।

हुन त अहिले मधेशमा हाम्रालाई भन्दा राम्रालाई मत दिने होडबाजी चल्ने बुझिएको छ । अधिकांश मतदाताहरुले अहिले आफ्नालाई भन्दा राम्रालाई मत दिने सार्वजनिक प्रतिबद्धता जनाएका छन् ।

संविधान संशोधन प्रस्तावको पक्षमा लाग्ने दलहरुलाई मत दिनेहरुको अहिले बाहुल्यता छ। प्रमुख दल नेकपा एमाले पनि यसपटक जसरीपनि जित्ने दाबी गरेको छ। शीर्ष नेताहरुलाई मधेशमा खटाएको छ । कमाण्डर नै तोकेको छ ।

२ नम्बर प्रदेशको अग्निपरिक्षा आगामी निर्वाचन प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा समेत राम्रो मत ल्याउने उद्देश्य बोकेर दलका नेताहरु चुनावमा होमिएका छन् । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पहिलो भएमात्रै कांग्रेसले एमालेलाई पछि पार्न सक्छ । हार्यो भने दोस्रो हुने डर, एमाले पनि पहिलो स्थान् जोगाउन मुश्किल छ ।

राजपा पनि मधेशमा आफ्नो शक्ति देखाउन जोडबलले लागिपरिरहेको छ । उसले एमाले मधेशविरोधी हो भनेर अहिले सार्वजनिक गालीगलौज गरेको छ र । उसको एकमात्रै आरोप छ,‘एमालेले मधेशलाई कमजोर बनाएको छ। एमालेलाई किन जनताले मत दिने ? यस पटकको निर्वाचनमा एमालेलाई जनताले भोट दिँदैनन्।’

यता राजपा नेपालका अध्यक्ष मण्डलका महन्थ ठाकुर अझै केप ओलीसँग आक्रोशित छन् । धमलासँग उनले भने,‘तपाई केपी ओलीको मात्रै कुरा नगर्नुहोस्, ऋषिजी उहाँ मधेश विरोधी हुन्, उनले हामीलाई के मात्रै भनेन, मधेशी जनतालाई उनले माखेसाङ्लो भने, युपी र विहारी भने, त्यसैले हामी कुनैपनि हालतमा एमालेलाई मधेशमा ठूलो हुन दिँदैनौं।’

सर्लाहीकै एक सर्वसाधारण स्थानीय नेताले महन्थ ठाकुरको कुरालाई समर्थन गर्दै भने, ‘एमालेलाई मलाई मनदेखि नै मतदान गर्न मन छैन। किनकी एमाले जहिल्यैपनि मधेशको विरोधी भयो, उसले कहिल्यैपनि मधेशी जनतालाई अधिकार दिन चाहेन्।’

यता प्रमुख दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि अब जनकपुरमा आएर अड्डा जमाउने तयारीमा छन् । उनीमात्रै नभएर पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल द्धय नेताहरु पनि आउँदैछन् ।

सत्तारुढ दल माओवादी केन्द्य्रका अध्यक्ष प्रचण्ड भने यतिवेला बारा र रौतहटमा फोकस भएका छन् । पहाडी ईलाकामा उनले आफूलाई केन्द्रित गरेका छन् । उनको ध्यान छ । मधेशका पहाडी भेगका नगरपालिकामा चुनाव जिताउने तयारीमा दाहाल जुटेका छन् ।

एमाले बरिष्ठ नेता माधव नेपालपनि भोलि नै रौतहट झर्दैछन् । अध्यक्ष ओलीपनि झर्ने तयारीमा छन् । विजयकुमार गच्छदारपनि मधेश झर्दैछन् ।

गच्छदारलेपनि अहिले सार्वजनिक रुपमै भन्न थालेका छन् कि एमालेलाई जनताले अब भोट हाल्नु हुँदैन् । चुनावी प्रचारप्रसार हेर्दा यस्तो लाग्छ अब मधेश चुनावी महासंग्राम बन्दैछ । दलहरु खेलको मैदानमा उत्रिएका छन् । कसले बाजी मार्ने हो अहिले नै भन्न सकिने अवस्था छैन । तर सत्तारुढ दल कांग्रेस र माओवादीले भने यसपटक कुनै चुनावी गठबन्धन नगरेपनि भित्रि रुपमा गोप्य रणनीति बनाएका छन् । देउवा र प्रचण्डको एकमात्रै ध्यान भनेको नै एमालेलाई मधेशमा एक्ल्याउने नै हो ।

खासगरी दलका नेताहरुले २ नम्बर प्रदेशमा आफ्नो पार्टीले यति सिट जित्ने उति सिट जित्ने दाबी गरिसकेका छन् । माओवादीले २० देखि ३० सम्म जित्ने अनुमान गरेको छ। एमालेको ४० देखि ५० सिट जित्ने दाबी छ । त्यस्तै विजय कुमार गच्छदारको पार्टीले पनि ५ देखि ७ सिट जित्ने बताउँदै आएको छ। यता मधेशमा राम्रो पकड भएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि १० देखि १५ सिट जित्ने दाबी गरेको छ । राजपा नेपालले पनि २५ देखि ३० सिट जित्ने दाबी छ ।



प्रतिक्रिया दिनुहोस्