Logo

‘२ नम्बर प्रदेशको निर्वाचन संघीयता, गणतन्त्र र परिवर्तनका पक्षधर र विरोधीहरुवीचको जनमतसंग्रह हो’ : नेता लेखक



रौतहट, २४ भदौ । प्रमुख दल नेपाली कांग्रेसका केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिका संयोजक एवम् प्रभावशाली नेता रमेश लेखकले प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेस पहिलो पार्टीमात्रै नभएर अत्यन्तै जदा सिट जित्ने दाबी गरेकाछन् ।

त्यस्तै नेता लेखकले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचन मधेसको पक्षधर र मधेस विरोधीबीचको जनमतसंग्रहको संज्ञा दिए ।

रिपोर्टर्स क्लव नेपाल रौतहट शाखाले गौरमा नेता रमेश लेखकसंग आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले २ नम्बर प्रदेशको यो निर्वाचन मधेसमा बसोबास गर्ने समुदायलाई अधिकार दिने कार्यामा बिरोधी गतिबिधी गर्ने एमाले र मधेसको पक्षधर नेपाली कांग्रेसबीचको जनमत संग्रह भएको टिप्पणी गरे । उनले भने,‘यो निर्वाचन भनेको संघीयता, गणतन्त्र र परिवर्तनका पक्षधर र विरोधीहरुवीचको जनमतसंग्रह हो।’

क्लबका शाखा अध्यक्ष अभिमन्यु पटेलको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता लेखकले नयाँ जारी गरीएको संविधानमा तराई मधेसको भावना समेट्न नसकिएको स्वीकार्दै संविधानमा भएको त्रुटी सच्याउन नेपाली कांग्रेसले भविष्यमा पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

एमालेले तराई पहाड हिमालबीच द्वन्द ल्याएर राष्ट्रियतालाई खतरामा पार्ने कार्यमा उद्धत रहेको आरोप नेता लेखकले आरोप लगाए । त्यस्तै उनले मधेस केन्द्रित दलहरु विभक्त भएको स्पष्ट पारे । उनले मधेसको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने क्षमता ती दलहरुमा नभएको तर नेपाली कांग्रेसले त्यसको पहलकदमी लिएको दाबी गरे ।

चुनावी तालमेलको लागि तपाईहरुले नै पहल नगरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँगको अन्र्तवार्तामा बोलेको कुरा पत्रकार ऋषि धमलाले गर्दा उनले भने,‘मधेस र संघीयताको एजेन्डा बोकेका दलहरुसँग नेपाली कांग्रेसले सहकार्य गरेको छ, तालमेल भएको छ, हाम्रो विचार मिल्ने माओवादी केन्द्रसँग कतिपय ठाउँमा तालमेल भएको छ नि।’

यद्धपी उनले एमालेसँग आफूहरुको कुनै एजेण्डा नमिल्ने बताए । लेखकले थपे,‘एमालेले संघीयताको विषयमा भैंसीको सिंग बाख्रलाई गह्रुगो भनेर भनेकै हो, त्यस्तै एमाले अध्यक्ष केपी ओलीजीले नेपालमा गणतन्त्र आउनु भनेको बयलगाढामा अमेरिका जानु हो भनेर भनेकै हो, त्यसैले हाम्रो एमालेसँग एजेण्डा मिल्दैन्।’ उनले मधेश र मधेशी जनताहरुको भावना बुझ्ने पार्टी नै नेपाली कांग्रेस नै भएको स्पष्ट पारे ।

नेपाली काग्रेसको बहुमत आएपछि संविधान संशोधन गरी मधेसको माग पूरा गर्न नेपाली कांग्रेस कुनै कसर बाँकी नराख्ने उनको विश्वास थियो ।

मधेसको जिल्लालाई समृद्ध बनाउनको लागि फास्टट्रयाक, हुलाकी राजमार्गको निर्माण कार्य नेपाली कांग्रेसकै सहकार्यम बनेको सरकारले अगाडी बढाएको र निजगढ अन्तराष्ट्रिय विमानस्थलको कार्यपनि नेपाली काग्रेस नेतृत्वको सरकारले छिट्टै अगाडी बढाउने लेखकले विश्वास दिलाए । उनले मधेश संभावना बोकेको प्रदेश भएको समेत बताए ।

त्यतिमात्रै नभएर उनले हिमाल, पहाड र तराई जोडेर मुलुकलाई समृद्ध बनाउने दिशामा आफ्नो दल लागिपरिरहेको समेत उनले बताए । उनले कांग्रेसले मधेशको निर्वाचनमा जित्ने आधारहरुमा राजनीतिक एजेण्डा, राष्ट्रिय विषय र विकास रहेको बताए ।

त्यस्तै कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहम्मत अफ्ताव आलमले पनि आफ्नो पार्टीले रौतहटमा ७५ प्रतिशत स्थानमा जित्ने दाबी गरे । उनले कांग्रेसले जित्ने आधार भनेको नै पार्टीको संगठन देश तथा विदेशमा हुनु भएको बताए ।

त्यस्तै उनले २ नम्बर प्रदेशमा नै कांग्रेस पहिलो पार्टी हुने समते ठोकुवा गरे । उनले भने,‘कांग्रेसले मधेशी जनताहरुको मन जितिसकेको छ, जनतालाई हामीलाई अध्यधिक मतले विजयी गराउनेछन्।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका केन्द्रिय सभापति ऋषि धमलाले २ नम्बर प्रदेशको निर्वाचन सफल बनाउनको लागि आफूहरुले चुनावी अभियान चलाईरहेको बताउँदै निर्वाचमा जनताहरुको उत्साहजनक सहभागिता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीको समते उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्