Logo

निष्ठाको राजनिती स्थापित गराऔं : काँग्रेस नेता द्धिवेदी



२४ भदौं । नेपाली काङ्ग्रेस पर्साका सभापति एवम् वीरगन्ज महानगरपालिकाका मेयर पदका उम्मेदवार अजय कुमार द्विवेदीले अबको राजनीति निष्ठाको हुनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । उहाँले स्थानिय तह तेस्रो चरणको निर्वाचनमा भई रहेको पैसाको चलखेलले निष्ठाको राजनीतिलाई चुनौति दिरहेको हुँदा सचेत मतदाताले आफनो मतबाट त्यसता उम्मेदवारलाई जवाफ दिई निष्ठाको राजनीतिलाई स्थापित गर्ने बेला आएको बताउनु भयो ।

‘ पद, अवसर र टिकटकालागि पार्टी परिवर्तन गर्ने र चुनावका बेला पैसाको बलले चुनाव जित्ने सपना बुनेकाहरुलाई यसै चुनावमा मतदाताले टट्कारो जवाफ दिई निष्ठाको राजनीतिलाई स्थापित गर्ने ’ उम्मेदवार द्विवेदीले विश्वास व्यक्त गर्नु भयो ।

उहाँले विकासको कुरा गर्ने उम्मेद्वारमा राजनीति प्रति देश , जनता र लोकतन्त्र प्रती निष्ठा आवश्यक भएकाले अब मतदाताले निष्ठावान की ? धनवान ? दुवैमा एक छान्ने वेला आएको बताउनु भयो ।

रिर्पोटर्स क्लब पर्साले आज वीरगन्जमा आयोजना गरेको विषेश साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता द्विवेदीले निष्ठाको राजनीतिमा लागेका, जनताका लागि वलिदानी दिएका, तप गर्नेहरुको हातमा राजनीतिक रहन्छ की रहदैन यसको जवाफ जनताले आफनो मतबाट प्रस्टाउने बेला आएकाले वीरगन्ज महानगपालिकाको नगरप्रमुखको उम्मेदवारलाई मत दिदा अब निष्ठावान र वलिदानी दिएका उम्मेदावलाई मत दिन अपिल गर्नु भयो ।

मुलुकमा राजनितिक निष्ठाको अभ्यास तथा देशको राजनीतिक निकास काङ्ग्रेसले मात्र गरेको र वीरगन्ज महानगरपालिकाको विकास पनि काङ्ग्रेसबाट मात्र सम्भव रहेकोले काँग्रेसको सम्पुर्ण टिमलाई जिताउन आग्रह गर्नु भयो ।

वीरगन्जको बजेटमा किसान र कृषिको आज सम्म चर्चा समेत नभएकोले आफु विजय भएपछि वीरगन्जको इतिहासमै पहिलो पटक किसान र कृषि विषयमा बजेट विनियोजन गर्ने उम्मेदवार द्विवेदीले दाबी गर्नुभयो । उहाँले ‘वीरगन्जको मेयर पद जित्नेलाई नगरपिता भनिने छ र म नगरपिता भए कुनै वीरगन्जबासीले कही सिर निहुराउनु पर्ने अवस्था सिर्जना नहुने दावी गर्दै भन्नुभयो ‘‘आफुले सारा जिन्दगी निष्ठा र समर्पणको राजनीति गरेकाले म बाट वीरगन्जवासिको सिर झुक्ने काम न भएको छ न गरिन्छ’’ ।



प्रतिक्रिया दिनुहोस्