Logo

देउवाले पार्टी मिलाएर लान सकेनन्, गुटगत राजनीतिबाट माथि उठाउन कोइराला परिवार एक ठाउँमा उभिनुपर्छ : सुजाता कोइराला



विराटनगर, भदौ २५ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई गुटगत राजनीतिबाट माथि उठाउन कोइराला परिवार एक ठाउँमा उभिनुको विकल्प नभएको बताएकी छन् ।

आइतबार विराटनगरमा पत्रकारहरुसँग नेत्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर लान नसकेको आरोप लगाइन् । उनले अब कोइरालाहरु एक ठाउँमा उभिएर पार्टीलाई गोलबद्ध बनाएर अगाडि बढाउने दाबी पनि गरिन् । राजनीतिमा रहेका कोइराला परिवारका डा. शेखर, शशांक र सुजाताको एकता कसैविरुद्ध नभइ कांग्रेसलाई बलियो बनाउन रहेको दाबी पनि उनले गरिन् ।

नेत्री कोइरालाले २ नम्बर प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा देउवा पक्षले टिकट वितरणमा एकलौटी गरेको आरोप पनि लगाइन् ।



प्रतिक्रिया दिनुहोस्