Logo

सृजनशील नेपाली समाज–क्यानाडाको वार्षिक साधारण सभा सम्पन्न (फोटोफिचर)



भदौ २६, काठमाण्डौ । सृजनशील नेपाली समाज–क्यानाडाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आइतबार क्यानडाको 23 Taylor Creek Trail को पिकनिक क्षेत्रमा सम्पन्न साधारणसभाका अवस।रमा विभिन्न खेल तथा अतिरिक्त क्रियाकलामा विजेता भएकालाई पुरस्कार तथा प्रमाणपत्र वितरणसमेत गरिएको रिपोर्टस क्लब क्यानडाका अध्यक्ष आकाश गौतमले जानकारी दिए ।

सृजनशील नेपाली समाज–क्यानाडाका अध्यक्ष शिशिर पाण्डेको संयोजकत्वमा सम्पन्न साधारणसभाको अवसरमा वनभोज तथा सांगितिक कार्यक्रमसमेत गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी गैर आवसिय नेपाली संघ क्यानडाका अध्यक्ष गोपी काफ्ले थिए । त्यस्तै गैर आवसिय नेपाली संघ क्यानडाका महासचिव चिरण घिमिरे, ओएनएफ क्यानडाका अध्यक्ष रमेश थापा र रिपोर्टस क्लब नेपाल क्यानडाका अध्यक्ष आकाश गौतम लगायतको सहभागिता थियो ।

कार्यक्रममा क्यानडाको टोरन्टो, इसट योर्कलगायतका स्थानमा बस्दै आएका नेपालीहरुको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot