Logo

माओवादी केन्द्र पहिलो बन्ने संभावना छ : प्रचण्ड



सिन्धुली, २६ भदौ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तराईमा आफुहरुको पार्टी पहिलो बन्ने सम्भावना रहेको बताएका छन्।

दाहालले भने ”पहिलो बन्छनै भन्न अहिलेनै सक्दिन किनकी चुनावी परिणामले देखाउने कुरा हो,तर पहिलो बन्ने संभावना तर्फ लागेको छ।’

प्रेश सेन्टर नेपालले सिन्धुलीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले ठूलो मिहिनेत पछि माओवादी मधेसी अधिकारका लागि लड्ने पार्टी हो भन्ने तराईका जनतामा भएकाले त्यो मिहिनेतको फल मिठो नै हुने उनले बताए।

मधेसी र पुराना पार्टीले रक्सी र मासुले चुनावको परिणाम के हुन्छ भन्ने अनुमानै गर्न नसकिने जनाए । ‘प्रत्येक महिलालाई सारी र सारी भित्र एक हजार पैसा समेत बाडिएको खबर आएको छ,’ उनले भने–‘यो विकृति हो, हामीले यस्तो विकृती नगर्न भनेका छौ ।’

मधेसमा माओवादी पार्टीमा प्रवेश गर्नेको लहर चलेको भन्दै उनलर् मधेसका जनतालाई राष्ट्रिय पार्टीसँग जोड्न सके देश विकासको गतिमा जाने जनाए ।



प्रतिक्रिया दिनुहोस्