Logo

सामाजिक विभेद अन्त्य गर्दै अघि बढ्न महिला नेतृत्वलाई सुझाव



दाङ २६ भदौ । नेकपा (माओवादी) केन्द्रका नेता वर्षमान पुनले परिवर्तनलाई संस्थागत गर्नका लागि प्रदेश र संघको चुनाव पार्टीले जित्नुपर्ने बताउनुभएको छ ।

“गणतन्त्र, संघीयता, समावेशी माओवादीका एजेण्डा हुन्”, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी प्रदेश नं ५ को एकता सम्मेलनलाई आज घोराहीमा सम्बोधन गर्दै नेता पुनले भन्नुभयो, “ती मुद्दालाई कार्यान्वयन र संस्थागत गर्न पार्टी पहिलो बन्नुपर्छ ।”

उहाँले सामाजिक विभेद अन्त्य गर्दै अघि बढ्न महिला नेतृत्वलाई सुझावसमेत दिनुभयो । उहाँले मोहन वैद्य, डा बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई मूलधारमा फर्कनसमेत आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्