Logo

प्रदेश नम्बर २ को चुनावी भिडन्तका लागि सबै शीर्ष नेता मधेशमा, गोप्य रणनीति बन्दै



भदौ २७, काठमाण्डौ । असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनावका लागि सबै दलका शीर्ष नेताहरु प्रदेश नम्बर २ पुगेका छन् । चुनावको मिति नजिकिदै गर्दा विभिन्न रणनीति लिएर नेताहरु २ नम्बर प्रदेशको ८ वटा जिल्लामा केन्द्रित भएका हुन् ।

सार्वजनिक कार्यक्रममा देखिएका नेताहरु भित्रि रुपमा गोप्य बैठक बसेर मनी र मसल्सको प्रयोगमा जुटेकोसमेत आशंका गरिएको छ । दिनभरी सार्वजनिक कार्यक्रममा चुनाव प्रसार गर्ने नेताहरु साँझ परेपछि भने गोप्य बैठक बसेर चुनाव जित्ने रणनीतिमा लागेका छन् ।


नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमेत आजै प्रदेश नम्बर २ जान लागेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल यसअघि नै प्रदेश नम्बर २ को चुनावी कार्यक्रममा सक्रिय छन् । एमालेका महासचिव इश्वर पोखरेल पनि चुनावी रणनीतिका लागि मधेशमै छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली भने मधेश अझैसम्म गएका छैनन् ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पनि आजै प्रदेश नम्बर २ मा चुनावी कार्यक्रमका लागि जाँदैछन् ।
कांग्रेस नेता दिपक खड्काले आज प्रदेश नम्बर २ का विभन्न स्थानीय तहलाई लक्षित गरी सम्बोधन गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् । बर्दिवास नगरपालिकाका कांग्रेस उम्मेदवारहरुलाई जिताउने रणनीतिका साथ त्यहाँ पुगेका नेता खड्काले नेपाली कांग्रेस

ले जसरी पनि जित्नुपर्ने भन्दै बर्दिवास नगरपालिकाका मेयरसहित १४ वटै वडाका वडाध्यक्षका उम्मेदवारलाई प्रशिक्षणसमेत दिएका छन् ।
मधेशवादी दलका नेताहरु पनि प्रदेश नम्बर २ को चुनावमा राम्रो नतिजा ल्याउनका लागि कम्मर कसेर लागेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादार, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव लगायतका नेताहरु पनि यतिबेला प्रदेश नम्बर २ को चुनावी रणनीतिमा सक्रिय भएर लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्