Logo

वीरगन्ज महानगरपालिकामा चुनावी भीडन्त : अजय र विजयमा कसले मार्ला बाजी ?



काठमाडौं, २८ भदौ । २ नम्बर प्रदेशमा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । स्थानीय तह तेस्रो चरणको निर्वाचनमा २ नम्बर प्रदेशमा रहेको वीरगन्ज महानगरपालिका अहिले चर्चाको विषय बनेको छ ।

वीरगन्ज महानगरपालिकाको मेयरमा कसले बाजी मार्ला भनेर अहिले काठमाडौंमा समेत विशेष चर्चा सुरु भएको छ । वीरगन्जमा यो पटक कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालवीच त्रिपक्षीय भीडन्त हुने बुझिएको छ । खासगरी निर्वाचनको पूर्व सन्ध्यामा आएर मेयरका उम्मेद्धवारहरुले घरदैला कार्यक्रमलाई तिव्रता दिएका छन् । उनीहरुको चुनावी अभियान र आक्रमक प्रचार शैली हेर्दा–वीरगन्ज महानगरमा कांग्रेस उम्मेद्धवार अजय द्धिवेदी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका विजय सरावगीवीच कडा प्रतिष्पर्धा हुनेछ ।

खासगरी वीरगन्जका गल्लीगल्लीमा यतिवेला विजय सरावगीलाई वीरगंज महानगरको मेयरका रूपमा चर्चा गर्न थालिएको छ। उनीसँगै प्रतिष्पर्धाको मैदानमा नेपाली कांग्रेसका द्धिवेदी छन् ।

मंगलबार साँझ पत्रकार ऋषि धमलासँगको रेडियो अन्र्तवार्ता ‘जनता जान्न चाहन्छन्’ भन्ने कार्यक्रममा मेयरका उम्मेद्धवार सरावगी र द्धिवेदी एक अर्काले आफूहरुवीच नै कडा प्रतिष्पधा हुने स्विकार गरे । हुन त यता फोरमका उम्मेद्धवार सरावगी जित्नेमा ढुक्क छन्।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘हेर्नुहोस, ऋषिजी वीरगन्ज तपाई पनि आउनुभएको थियो, यहाँ कसले जित्छ भन्ने कुरा तपाईले पनि राम्रोसँग आँकलन गर्नुभएकै होला, खासगमा भन्ने हो भने यहाँ कांग्रेस र हाम्रोवीचमा नै कडा प्रतिष्पर्धा हुँदैछ, तर अन्य दलका प्रतिस्पर्धी मित्रहरुले पनि मलाई नै विजयी उम्मेद्धवारको रुपमा चित्रण गर्नुभएको छ, तर अन्तिम नतिजा नआएसम्म अहिले नै यही हो भनेर भन्न मिल्दनैन।’

यद्धपी उनले वीरगन्जको विकासको लागि आफूले जति काम अरु कसैले पनि नगरेको उनको दाबी छ । सरावगीले भने,‘वीरगन्जको विकासको लागि मैलेजति काम कसैलेपनि गर्न सकेका छैनन, मैले समाजसेवादेखि यहाँको औद्योगिक विकासको लागि धेरै का गरेको छु।’

विजयको टक्करमा छन् कांग्रेसका द्विवेदी। उनले पनि विजयलाई आफ्नो कडा प्रतिष्पर्धा स्विकार गरेका छन् । उनले भने,‘ऋषिजी, खासमा कुरा के हो भने यहाँ म र विजयजीवीच नै कडा प्रतिष्पर्धा छ।’

मसफल व्यावसायीका रूपमा सरावगीको छवी वीरगंजमा मात्रै खुम्चिएको छैन। उद्योग बाणिज्य संघको देशव्यापी नेटवर्कमा उनी परिचित छन्। वीरगंजका हरेक घर र हरेक हातमा रोजगार सुम्पने उनको योजना छ। देशव्यापी प्लस छिमेकी भारतसम्म फैलिएको उनको व्यावसायिक पहिचान र लगानी भित्र्याउन सक्ने ल्याकतलाई उनले आफ्नो ताकत बनाउने बताउँछन्।

उनले अघि भनेका छन्,‘लामो समय नेतृत्व लिएका दल र नेताले विगत ५० बर्षमा गर्न नसकेको काम मैले ५ बर्षमा गरेर देखाउँछु।’ उनले आफूसँग स्पष्ट भीजन रहेको बताउँदै थपे,‘राजनीतिलाई व्यवसाय बनाउनेहरूले केही गर्नेवाला छैनन, अब सफल व्यावसायीहरू राजनीतिमा प्रवेश गरेर राजनीतिलाई पनि सफल बनाउनुपर्छ।’

काङ्ग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले वीरगञ्जमा काङ्ग्रेसको पक्षमा नतिजा आउने दाबी गरेका छन् । उनले राष्ट्रिय राजनीतिमा निकास, विकास र तराई मधेसमा काङ्ग्रेसको राम्रो सङ्गठन आफ्नो जितको मुख्य आधार भएको बताएका छन् ।

केही दिन अघि रिपोर्टर्स क्लब पर्सा शाखाले क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजना गरेको विशेष चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले जिते वीरगन्जको रुप, रंग नै बदल्ने विश्वास दिलाएका थिए । त्यस्तै उनले कांग्रेस देशमा मात्रै नभएर विश्वभरि नै आफ्नो सक्रिय संगठन भएको पार्टी भएको कारणले नै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका थिए।

३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा १ लाख आठ हजार पाँच सय १ मतदाता छन् । ती मध्ये ६१ हजार ६६६ र महिला ४६ हजार ८३२ छन् । तेस्रो लिङ्गी मतदाता ३ छन् । महानगरपालिका मेयर पदका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।

काङ्ग्रेसबाट अजय द्विवेदी, एमालेबाट बसरुदिन अन्सारी, माओवादी केन्द्रबाट रहवर अन्सारी, राजपा नेपालका राजेशमान सिंह, फोरम नेपालका विजय सरावगी, नेपाल लोकतान्त्रिक फोरम नेपालका विमल श्रीवास्तव, राप्रपाका अर्जुनबहादुर सिंह, नयाँ शक्ति नेपालबाट मुनाकुमार साह कानु, नेपाली जनता दलबाट मनोजकुमार रौनियार, मालेबाट लक्ष्मीराज न्यौपाने रहेका छन् भने २५ जनाले स्वतन्त्र उम्मेदवार रहेका छन् ।

त्यस्तै वीरगन्जमा अर्का उम्मेद्धवार एमालेका बसुरुद्दिन अन्सारी पनि यतिवेला चर्चाको शिखरमा छन् । उनी पनि आक्रमक रुपमा चुनावी प्रचारमा जुटेका छन् । उनले आफ्नो नजिकको प्रतिष्पर्धी नै कोही नभएको बताएका छन् ।

आर्थिक रुपमा वीरगन्ज केन्द्रविन्दु मानिएको छ । त्यसैले वीरगन्ज महानगरपालिका प्रमुख दलहरुको लागि प्रतिष्ठाको लडाई बनेको छ । सबैको ध्यान त्यतातिर गएको छ ।

वीरगन्जमा यतिवेला मधेश आन्दोलनको केन्द्रविन्दु मानिएको वीरगन्जमा राजपाको जनमत विभाजित छ । राजपाका चर्चित नेता विमल श्रीवास्तव विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिमा प्रवेशर गरेर फिल्मी शैलीमा टिकट लिएर चुनावी मैदानमा छन् । उनी पनि वीरगन्जमा नाम कहलिएका चर्चित उम्मेद्धवार हुन् । राजपाले भने पहाडे मुलका राजेशमान सिंह मैदानमा छन् । उनी पनि राम्रै प्रतिष्पर्धीको रुपमा चिनिएका छन् । राजपाका उम्मेद्धवार बसरुद्दिन अन्सारी रणनीति रुपमा भोट माँगिरहेका छन् ।

यता माओवादी केन्द्रबाट युवा नेता रहबर अन्सारी मैदानमा छन् । उनी पनि युवा भएकोले आकर्षणको केन्द्र बनेका छन् । उनी विकासप्रेमी युवा नेताको रुपमा परिचित छन् । उनीसँग अन्र्तराष्ट्रिय डिग्री समेत रहेको छ । हेरौं, वीरगन्जमा कसले बाजी मार्ने हो ? मतदाताहरु भोट हाल्न आँतुर भएर बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्