Logo

२ नम्बर प्रदेशमा ५० भन्दा बढि सिट जित्ने माओवादी नेता पौडेलको दाबी



सिमरा जितपुर उपमहानगरपालिकाका माओवादीका मेयरका उम्मेद्धवार पौडेल भन्छन्,‘मेरो जित सुनिश्चित छ’
जितपुर, २९ भदौ । बारा जिल्लाको सिमरा जितपुर उपमहानगरपालिकाका मेयरका उम्मेद्धवार राजन पौडेलले आफ्नो जित सुनिश्चित भैसकेको दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मेयरका उम्मेद्धवार पौडेलले आफ्नो विजयी सुनिश्चित भैसकेको बताएका हुन् । उनले भने,‘यहाँ मेरो विजयी सुनिश्चित भैसकेको छ, यो उपमहानगरपालिकाको लागि मैले जति कसैले पनि काम गरेकै छैन।’

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूले चुनाव जिते एकवर्षसम्म आफ्ना प्रतिबद्धताहरु पूरा गर्ने समेत विश्वास दिलाए । उनले जितपुरलाई समृद्ध उपमहानगरपालिका बनाउने आफूहरुको योजना रहेको सुनाए ।

त्यस्तै उनले जीतपुरमा कांग्रेस, एमाले, राजपा कुनैपनि पार्टीको प्रभाव नरहेको र जनताको लागि माओवादी केन्द्रले मात्रै काम गरेको ठोकुवा गरे ।

कार्यक्रममा मओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले २ नम्बर प्रदेशमा कम्तिमा ५० सिट जित्ने ठोकुवा गरे ।

उनले स्थानीय तहका पहिलो र दोस्रो चरणको निर्वाचनभन्दा तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले धेरै प्रगति गर्ने विश्वास दिलाए ।

पौडेलले थपे,‘यसपटक यहाँका जनताहरुले हामीलाई मन पराउँछन्, एमालेको हल्लाखल्ला देखावटी मात्रै हो, उनीहरु संघीयता र गणतन्त्र चाहँदैनन् ।’

नेता पौडेलले एमालेलाई मधेश विरोधी पार्टीको संज्ञा दिए । उनले थपे,‘मधेशी जनतालाई अधिकारसम्म बनाउन एमालेले जहिल्यैपनि बाधा गरेको छ, त्यसैले उ संघीयता विरोधी पार्टी हो।’

 



प्रतिक्रिया दिनुहोस्