Logo

एमालेलाई कसैले चाहँदैमा हराउन सक्दैन् : ओली



बारा, ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको विरोध गर्नेहरु आज आफै समाप्त हुने अवस्थामा पुगेको बताएका हुन् ।

मधेशको समृद्धिका लागि सधै अगाडि बढेको नेकपा एमालेलाई प्रदेश नम्बर दुईमा कसैले चाहदैमा हराउन नसक्ने समेत ठोकुवा गरेका हुन् ।
दुई नम्बर प्रदेशको चुनावी प्रचारका लागि शुक्रबार सिमरा आईपुगेका ओलीले नेकपा एमालेको सरकारले तराई मधेशको समृद्धिका लागि आफ्नो पार्टीले विगतमा धेरै काम गरेको उल्लेख गर्दै प्रदेश नम्बर २ मा पनि नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी समेत गरे ।

उनले वारा जिल्लाका १६ वटा स्थानीय तहमा एमालेलाई जिताउन मतदातालाई आग्रह गर्दै एमालेले तराई मधेशका महिलाहरुलाई एक वर्षमा रोजगारी दिने र रोजगारी दिन नसके भत्ता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्