Logo

गोपाल खड्कालाई कारबाही गर्न प्रधानमन्त्री र मन्त्री तयार, दिपक बोहरा यसरी तगारो बन्दै



काठमाडौं, ३० भदौ । संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।

समितिको उक्त पत्रसँगै प्रधानमन्त्री शेरबहादुर देउवा तथा आपूर्तिमन्त्री शिवकुमार मण्डल निगमका प्रमुख खड्कालाई कारवाही गर्न राजी भएका छन् । तर, भर्खरै सरकारमा सहभागी भएका राप्रपा प्रजातान्त्रिकका मन्त्री दिपक बोहरा प्रधानमन्त्री तथा मन्त्रीको लागि तगारो बनेका छन् ।

पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको छ ।

तर, खड्काले अहिले पनि निगमको कार्यकारी निर्देशकको हैसियतमा काम गरिरहेका छन् ।

सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएर छानविन प्रक्रिया टुंगो नपुगेसम्म निगम प्रमुख खड्कालाई दैनिक काम समेत गर्न नदिन निर्देशन दिएको छ ।

मन्त्री मण्डल जुनुसकै हालतमा खड्कालाई कारवाही गरेरै छाड्ने तयारीमा जुटिसकेका छन्। तर यो काण्डमा मन्त्री बोहराको पनि संलग्नता देखिएकोले उनले आफूलाई अप्ठ्यारो पर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रीलाई तत्काल खड्कालाई कारबाही नगर्न घच्घचाईरहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्