Logo

प्रचण्डले भने- रुकुममा असली लोकतन्त्र आएको छ



रूकुम, ३१ भदौ। सत्तारूढ दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रूकुममा असली लोकतन्त्र आएको बताएका छन्।

पूर्वी रुकुमको रुकुमकोटमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले रूकुमेली जननताले सिङ्गो नेपाललाई उत्साहित बनाएको भन्दै असली लोकतन्त्रको सुरूवात रूकुमबाट भएको बताए। ‘विपक्षीहरुले रुकुममा लोकतन्त्र नआएको भन्छन् । तर, म भन्छु रुकुममा असली लोकतन्त्र आएको छ।’

आफूहरुले चलाएको जनसत्ताको वैधानिक रूप नै अहिलेको स्थानीय सरकार भएको दाहालले टिप्पणी गरे।

‘कसैले माने पनि नमाने पनि यी -स्थानीय तह) हिजोका जनसत्ता नै हुन्’ उनले भने, तपाईहरु राम्रोसँग वुझ्नु होला । अनि काम पनि त्यसरी नै गर्नुहोला ।’

पहिलो संविधानसभामा पहिलो पार्टी रहेको माओवादीले आफ्नै अहंकारले तेस्रो बनेको बताउँदै उनले भने, ‘अहिले तपाईहरुले स्थानीय सरकार चलाइरहनु भएको छ, दम्भ नदेखाउनु होला ।’

आफू मधेसको चुनावी अभियानबाट आएको भन्दै प्रचण्डले मधेस अहिले माओवादीमय भएको दाबी गरे।

यसअघि चुनावी परीणाम सार्वजनिक भएपछि एमाले अध्यक्ष ओलीले रूकुममा अझै लोकतन्त्र आएको रहेनछ भनेर टिप्पणी गरेका थिए।

 



प्रतिक्रिया दिनुहोस्