Logo

नेपाली राजनीतिमा राजमार्गको भूमिका काँग्रेसले खेलेको छ : सिटौला



सुरुङ्गा (झापा), ३१ भदौ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली राजनीतिको राजमार्गको भूमिका नेपाली काँग्रेसले खेलिरहेको बताउनुभएको छ ।

आज झापाको हल्दिवारी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक संविधान कार्यान्वयन गर्न काँग्रेसले नेतृत्व गर्दा सफलता मिलेको उल्लेख गर्नुभयो ।

नेता सिटौलाले काँग्रेसले जनतालाई आदर्श मानेकाले काँग्रेसीले जनताका पक्षमा बसेर काम गर्नुपर्ने बताउँदै स्थानीय तह तथा जिल्ला तहमा नेतृत्व लिनेहरुलाई जनताका चाहनामा आधारित भएर काम गर्नसमेत सुझाव दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्