Logo

अमेरिका उडनुअघि महत्वपूर्ण निर्णय गर्दै प्रधानमन्त्री देउवा



काठमाडौं, १ असोज । संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई भाग लिनको लागि संयुक्त राज्य अमेरिका उड्नअघि प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण निर्णयहरु गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार देउवाले अमेरिका उड्नअघि कर्मचारीहरुको सुरुवा तथा बढुवा र अन्य विषयमा महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज अमेरिका प्रस्थान गरेका छन् । महरासँगै परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेल र उनका नीजी सचिव युवराज चौलागाँई पनि जानेछन् ।

प्रधानमन्त्री देउवाले महासभालाई यही सेप्टेम्बर २३ तारिखमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । देउवा पर्सी अमेरिका प्रस्थान गर्नेछन् । उनीसँगै उनकी पत्नी डा. आरजु देउवा राणा, परराष्ट्र सचिव शंकरदास बैरागी, विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई लगायतका मन्त्रालयका बरिष्ठ अधिकारीहरुपनि जाने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्