Logo

आयल निगम जग्गा खरिद प्रकरणमा एमालेको संलग्नता छ : आपुर्तिमन्त्री मण्डल



‘अब म यी–यी उद्योगपतिलाई कारवाही गर्छु’
काठमाडौं, २ असोज । आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा एमालेको पनि विशेष संलग्नता रहेको खुलासा गरेका छन् ।

आईतबार हिमालय टेलिभिजनको नियमित कार्यक्रम ‘धमलाको हमलामा’ पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् । उनले भनेका छन्,‘जग्गा खरिद प्रकरणमा एमालेको पनि संलग्नता छ, संलग्नता नभएको भए उसले बोल्नेथियो नि, तर अहिलेसम्म एक शब्दपनि एमालेका नेताहरुले यसबारेमा आवाज उठाएका छैनन्, किनकी उनीहरुको पनि यसमा संलग्नता छ।’ उक्त काण्डमा एमालेका नेताहरु मौन हुनुको प्रमुख कारण उनीहरु बोलेका छैनन् ।

त्यस्तै उनले गोपाल खड्कापछि अब नेपालका प्रतिष्ठित उद्योगपतिदेखि लिएर अन्य उद्योगी व्यवसायीहरुलाई पनि जेल हाल्ने चेतावनी दिएका छन् । उनले भनेका छन्,‘म जेल हाल्छु, म धरातलमा टेकेको मान्छे हो। कसैले मलाई पैसाले किन्न सक्दैनन्, केही उद्योगपतिहरुलाई म जेल हाल्छु।’

प्रतिष्ठित उद्योगपति भनेर कसलाई भन्न खोज्नुभएको हो भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,‘खेतान, दुगड, अग्रवाल, चौधरी जो कोहीलाई पनि म छा्ड्दिन, कालोबजारी गर्नेहरुलाई र खाद्यान्नमा मिसाबट गर्नैहरुलाई म छोड्दिन, पाँच तारे होटलमा पनि मेरो ध्यान गएको छ, म अब कसैलाई पनि छोड्दिन् । कारबाही गरेरै छाड्छु ।’

 



प्रतिक्रिया दिनुहोस्