Logo

धनुषामा मतगणना जारी



महेन्द्रनगर, धनुषा, ३ असोज । धनुषा जिल्लाका विभिन्न १० स्थानीय तहमा मतगणना गए रातिदेखि नै जारी छ ।

निर्वाचन कार्यालय धनुषाका अनुसार मिथिला विहारी, गणेशमान चारनाथ, हंसपुर, औरही, धनुषाधाम, विदेह र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर, मुखियापट्टी मुसहरनिया र जनकनन्दनी गाउँपालिकामा रातिदेखि नै मतगणना जारी छ ।

पछिल्लो मतगणनाको मत परिणामानुसार मिथिला विहारी प्रमुखमा नेकपा एमाले) ३१४, नेपाली काँग्रेस २४३ र संघीय समाजवादी फोरम नेपाल १६३, क्षीरेश्वरनाथ प्रमुखमा समाजवादी फोरम २१०, काँग्रेस १८१ र एमाले ८१, गणेशमान चारनाथमा नेकपा(माओवादी केन्द्र) १९४, समाजवादी फोरम १५८ र काँग्रेस १२० तथा हंसपुरमा समाजवादी फोरम २१७, एमाले १५१ र काँग्रेसको १३१ मत छ ।

यसैबीच गणेशमान चारनाथ– ११ मा माओवादी केन्द्रले खाता खोलेको छ । माओवादी केन्द्रका सत्यनारायण कुँवर २०८ मत ल्याई समूहसहित विजयी हुनुभएको छ ।

यता जनकपुर उपमहानगरपालिकामा पनि केही बेरमै मतगणना शुरु गरिने प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले दिनुभयो । जनकपुरमा मतगणना शुरु गर्ने सम्बन्धमा आज बिहान प्रमुख दलका जिल्ला अध्यक्ष र प्रमुखका उम्मेदवारसँग सर्वदलीय बैठक बसेको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्