Logo

‘यो अपराधिक गठबन्धनले अव प्रादेशिक र संघीय संसदको चुनाव नगर्ने षडयन्त्र थालेको छ’ : ओली



काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलमाथि गम्भिर आरोप लगाएका छन् । उनले सत्तारुढ दलले प्रदेश र केन्द्रिय संसदको निर्वाचन नगर्ने षडयन्त्र थालेको आरोप लगाएका हुन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सोमबार प्रमुख दलका नेताहरुको बैठकमा सत्तारुढ दलहरुले पहिले नै सहमति भइसकेको मतपत्र सम्बन्धी बखेडा झिकेर चुनाव टार्ने प्रपञ्च गरेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘हामीले तानेर ६ महिनासम्म लगाएर बल्ल स्थानीय तहको निर्वाचनमा यो सरकारलाई ल्यायौं, यो अपराधिक गठबन्धनले अव प्रादेशिक र संघीय संसदको चुनाव नगर्ने षडयन्त्र थालेको छ । हिजो दलीय बैठकमा पहिले नै सहमति भइसकेको मतपत्रका विषयमा बखेडा झिकेर त्यसको संकेत गरेका छन् ।’

ओलीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भरियालाई पदबाट हटाएर भारी बोकाउनेहरुलाई सरकारले जोगाउन खोजेको बताए । ‘आयल निगमको अनियमिततामा भरियालाई कारवाही गरेर भारी बोकाउनेलाई जोगाउने प्रयास भएको छ’ ओलीले भने, ‘मुख छोपेर जग्गा हेर्न जानेलाई पनि बाँकी राख्नु हुँदैन, जो जो दोषी छन् कसैलाई छोड्नु हुँदैन ।’ भ्रष्टाचार विरुद्ध एमालेले दवाव दिएपछि मात्रै पदबाट हटाउन सरकार वाध्य भएको ओलीको भनाई थियो ।

तस्विर :मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्