Logo

प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको नाममा निरंकुशता लाद्न खोज्दैछन् : नेता खड्का



काठमाडौं, ३ असोज । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाली रेडियो नेटवर्कले छोटो समयमा धेरै प्रगती गरेको बताएका छन् ।

मंगलबार नेपाली रेडियो नटवर्कको प्रथम वार्षिकोत्सवको अवसरमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा रेडियोको भुमिकामाथिको बहस कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

श्रमजिवी ऐनको कार्यान्वय, नेटको सुविधा, दुर्घट्ना बिमा लगायत सुविधाको व्यबस्था भएको आगामी दिनमा पत्रकारहरुको हितका निम्ति आफु निरन्तर लागिरहने विश्वास दिलाए ।

उक्त अवसरमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालको संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङले सम्पूर्ण राजनीतिक दल र सबै पक्षको स्वामित्व संविधानमा सुरक्षित भएको स्पष्ट पारे ।

निरंकुशताकोबिरुद्ध र संविधान जारी गर्ने काममा नेपालका पत्रकारले खेलेको भूमिकाको जति प्रसंशा गरेपनि कमै हुने उनको भनाई थियो ।

प्रदेश नम्बर २ मा सम्पन्न भएको निर्वाचनमा ७७ प्रतिशत जनताले मतदान गरेको खबरले खुशि भएको बताउँदै नेम्वाङले भने,‘मधेशका जनताले ईमान्दारिता देखाएका छन्, संविधानप्रति त्यहाँ जनताको धारणा हामीले देखेका छौँ, अब सबैको स्वामित्व यस संविधानमा छ, आगामी दिनहरुमा नमिलेका कुराहरुलाई मिलाएर कुनैपनि हालतमा संविधानलाई पूर्ण कार्यान्वय गर्नको लाग िसबैलाई आग्रह गर्दछु।’

त्यस्तै सोही अवसरमा बोल्दै एराप्रपा–राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालका विभिन्न आन्दोलनहरुमा सञ्चारकर्मीले खेलेको भूमिकालाई सामान्य मान्न नसकिने धारणा राखे ।

उनले भने,‘नेपालका हरेक आन्दोलन र पछिल्लो समयमा भएका बेथितिका बिरुद्धमा पत्रकारले दरिलो भएर लेखेका छन्, सरकारका सबै क्रियाकलाप बाहिर ल्याएका छन्, जनताका अधिकारहरु सुरक्षित गर्नको लागि निरन्तर लडिरहेका छन्, आज जनताको हितका निम्ति काम गर्ने संसद र संसदीय समितिहरुलाई जनताले राम्रोसँग चिन्दैनन तर राज्यको चौथो अंगलाई सम्मान गर्छन, ठुलो भरोसा गर्छन्।’

निर्वाचन आयोगले तय गरेका नियमहरुको उल्लंघन सरकारबाटै भएको टिप्पणी गरेका लोहनीले निर्वाचन आयोगले एराप्रपा र राप्रपा राष्ट्रवादीलाई एउटै चुनाव चिन्ह दिएको भन्दै आयोगको आलोचना गरे ।

त्यस्तै प्रमुख दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपाली रेडियो नेटवर्कले जनपक्षीय, सत्य, तथ्य र निश्पक्ष समाचारको लागि अझै गम्भिर भएर काम गर्नको लागि आग्रह गरेका छन् ।

नेता भन्दापनि जनताको पक्षमा रहेर कार्यक्रमहरु निर्माण गर्नमा जोड दिए । निर्वाचन आयोगले हालै लागु गरेका आचारसंहिताको चर्को बिरोध गरेका खड्काले आयोग निरंकुश बनेको आरोप लगाए ।

उनले भने,‘सरकारलाई निर्वाचन आयोगले चलाउन खोज्दैछ, दशैं, तिहार र छठको अवसरमा दुईचार जना मानिस एक ठाउँमा उभिन नपाईनेजस्तो आचारसंहिता लगाउनु गलत हो, चुनावको प्रचार गर्नको लागि हिडिँएला, धेरै नेता कार्यकर्तासँग बसेर भात पकाएर खानुपर्ने होला त्यतिबेला पनि आचारसंहीता भनेर बस्ने ?’ उनले निर्वाचन आयोगलाई आचारसंहिताबारे पूर्नविचार गर्न आग्रह समेत गरे ।

त्यस्तै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले नेपाली रेडियोहरुको पहुँच अत्यन्तै बलियो रहेको बताईन। नेपाली रेडियो र ऋषि धमलाले मुलुकको विकासको लागि महत्वपूर्ण भूमिका खेलेका भन्दै धमलाको खुलेुर प्रसंशा समेत गरिन् ।

फरक प्रसँगमा निर्वाचन आयोगले दुई महिना अघि नै आचारसंहिता लागु गर्नु बस्तुवादी र बैज्ञानिक नभएको गुनासो पोखिन्। उनले भनिन्,‘निर्वाचन आयोगले दुईमहिना अघि देखिनै आचारसंहिता लागु गर्नुको साटो चुनावमा गरिने आर्थिक चलखेलको बारेमा कडा भएर नियम ल्याउनुपर्छ।’

उनले अघि थपिन,‘हाम्रो मुलुकमा ईमान्दार राजनीतिज्ञ चुनाव लड्न सक्ने स्थिति छैन्, जसले मुलुकको विकासको लागि ठुलो त्याग गरेको छन्, त्यस्ता व्यक्तिहरुलाई निर्वाचनमा हराउने र राजनीतिक भन्दा फरक चरित्रका मानिसको हात राजनीति जाने काम भएको छ, पैसा खर्च गर्नेलाई टिकट दिने, राजनीति बुझेको र जनताको सेवा गरेको मानिस पैसाकै कारण उम्मेदवार बन्न नपाउने भयानक खेल सुरु भएको छ, मनि र मसल प्रयोग गर्नबाट राजीनीतिलाई बचाउन आयोगले भूमिका खेल्नुपर्छ।’

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले पत्रकारहरुको हकहितका निम्ति महासंघ संधै तयार रहेको बताए ।

उनले पनि रेडियोलाई वार्षिकोत्सवको शुभकामना दिँदै भने,‘यस नेटवर्क लगायत देशका सबै सञ्चार माध्यायममा काम गर्ने पत्रकारको हकहितको निम्ति महासंघ मन्दिर हो, मन्दिर सम्झेर आफ्ना हक अधिकारको निम्ति समस्या राख्नुस् सरकारले लगानीकर्ताको हितको निम्ति हेर्नुपर्छ, पत्रकारको जीवन सुरक्षित भएमात्र मुलुकमा शान्ति स्थायित्व र विकास सम्भव छ।’

 

 



प्रतिक्रिया दिनुहोस्