Logo

सिरहामा माओवादी तीन वडामा विजयी



लहान, ३ असोज : सिरहामा नेकपा (माओवादी केन्द्र) तीन, संघीय समाजवादी फोरम र राजपा दुई÷दुई तथा नेपाली काँग्रेस र नेकपा (एमाले) एक÷एक वडामा समूहसहित विजयी भएका छन् ।

पछिल्लो मतपरिणामअनुसार कर्जन्हा नगरपालिका १ र ३ को वडाध्यक्षमा माओवादी केन्द्रका क्रमशः मोहनबहादुर खत्री र कपलेश्वर यादव विजय भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।

यस्तै अर्नमा गाउँपालिका–१ को वडाअध्यक्षमा माओवादी केन्द्रका गफार मियाँले ७२४ मत ल्याइ विजयी भएको छ ।

जिल्लाको कल्याणपुर नगरपालिका १ र २ को वडाध्यक्षमा राजपाका क्रमशः विशेश्वर मुखिया र जयराम कामती विजयी भएका छन् ।

यस्तै औरही गाउँपालिका–१ को वडाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका तुलसी ठाकुर र भगवानपुर गाउँपालिका १ को वडाध्यक्षमा सोहि पार्टीका बद्रीनारायण यादव विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै धनगढीमाई नगरपालिका–१ के वडाध्यक्षमा नेकपा (एमाले) का सूर्य नारायण महतो र लहान नगरपालिका–२ को वडाध्यक्षमा नेपाली काँग्रेसका शियाराम यादव वजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्